प्रस, जीतपुर, २३ भदौ/

मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नेपाली काङ्ग्रेस बाराले छुट्टाछुट्टै नाम सिफारिश गरेपछि बारा काङ्ग्रेसको आन्तरिक द्वन्द्व बाहिरिएको छ ।

काङ्ग्रेसको दुई सहमहामन्त्री फरमुल्लाह मन्सुर र उमाकान्त चौधरी पक्षबाट दुईथरी नाम सिफारिश भएको कुरा बाहिरिएको छ । दुवै गुटले पार्टीको आधिकारिक लेटरप्याडमा छुट्टाछुट्टै नाम सिफारिश गर्दै आफ्नो गुट आधिकारिक भएको दाबी गरेका छन् ।

दुवै सहमहामन्त्री सभापति शेरबहादुर देउवा पक्षधर भए पनि जिल्लामा भने दुई गुटमा विभाजित छन् ।  सहमहामन्त्री मन्सुर पक्षबाट शेखर कोइराला निकटका उपसभापति मनोज भट्टले भदौ १९ गते र खानेपानीमन्त्री एवं बारा क्षेत्र नं. १ का सांसद चौधरी पक्षका नेताले गरेको सिफारिशमा जिल्ला सभापति राजेश यादवले भदौ २० गते नामावली सार्वजनिक गरेका हुन् । बारा जिल्ला कार्य समितिको निर्वाचनमा भएको दुई गुट अहिले सक्रिय रहेको बताएको छ ।

बारा क्षेत्र नं. १ मा मन्सुर पक्षका पदाधिकारीले शम्भुबहादुर बुढाथोकी, विजयशङ्कर यादव र शैलेन्द्रकुमार फौजदारको नाम सिफारिश गरेका छन् भने चौधरी पक्षबाट मन्त्री चौधरीको एकल नाम सिफारिश भएको छ ।

यसैगरी बारा क्षेत्र नम्बर २ मा मन्सुर पक्षबाट रामअयोध्याप्रसाद यादव र चौधरी पक्षबाट राधेचन्द्र यादवको नाम सिफारिश भएको छ । क्षेत्र नं. ३ बाट भने पूर्वमन्त्री मन्सुरको नाम दुवै पक्षबाट सिफारिश भएको छ । मन्सुर पक्षका पदाधिकारीले गरेको सिफारिशमा मन्सुरसहित रामानन्दप्रसाद यादव र प्रभातकुमार चौरसियाको नाम सिफारिश भएको छ भने चौधरी पक्षबाट मन्सुरको मात्रै नाम सिफारिश गरिएको छ ।

बारा क्षेत्र नं. ४ मा मन्सुर पक्षबाट लालबाबू सिंह भूमिहार, इच्छाबहादुर वाग्ले, कृष्णव्रत सिंह, कपिलदेवप्रसाद यादव र राजेश्वर चौरसियाको नाम सिफारिश भएको छ भने चौधरी समूहबाट डा. शोभाकर पराजुली, सुनीलकुमार गुप्ता कलवार, लालबाबूसिंह भूमिहार, इच्छाबहादुर वाग्ले र राजेश्वरप्रसाद चौरसियाको नाम सिफारिश भएको छ ।

प्रदेशसभामा बारा क्षेत्र नं १ (क) मन्सुर समूहले शम्भुबहादुर बुढाथोकी, पेमासिद्धि लामा, विष्णु खड्का, प्रदेश (ख) बाट उपेन्द्रप्रसाद जैसवाल, चन्द्रशेखरकुमार यादवको नाम सिफारिश गरेकोे छ भने चौधरी समूहबाट क्षेत्र नं १ (क) बाट सुरेशकुमार खनाल, टेकबहादुर लामा, पेमासिद्धि लामा, रमेश दङ्गाल, नवराज तिमिल्सिना, ललितबहादुर राउत, जयमङ्गल चौधरी, सुब्बा सिंह बड्यु, दिलमोहन चौधरी, श्रवण मैनाली र (ख) बाट चन्द्रिकाप्रसाद गुप्ता, भागवतप्रसाद साह, धमेन्द्रप्रसाद यादवको नाम सिफारिश भएको छ ।

यसैगरी बारा क्षेत्र नं. २ (क) बाट मन्सुर समूहले गोपाल जयसवाल, हरेन्द्रप्रसाद यादव र (ख) बाट राजेशकुमार रौनियारको नाम सिफारिश गरेको छ भने चौधरी समूहबाट (क) बाट रामप्रवेश यादव, राजेशकुमार साह, चित्ररेखा चौधरी, अनिल चौधरी, वीरेन्द्रप्रसाद यादव, भुलेन्द्रप्रसाद यादव, मुस्तारमहमद मियाँ, विजय स्वर्णकार, सार्थक पौडेल, रामचन्द्र साह, गोपालप्रसाद साह, रामचन्द्र गिरी, सुरेन्द्रप्रसाद साह, देवनारायण पासवान, पचुवा माझी मुसहर, अमनुल्लाह अलि, श्रवण चौधरी र (ख) बाट रामएकबालप्रसाद यादव, अशोकप्रसाद चौरसिया, बृजकिशोर यादव, देवेन्द्रप्रसाद गिरी, प्रभुनाथ राउत, गजानन्दप्रसाद यादव, गौरीशङ्करसाह कानूको नाम सिफारिश भएको छ ।

बारा क्षेत्र नं. ३ (क) बाट मन्सुर समूहले मनोजकुमारशर्मा भट्ट, राजेशकुमार भण्डारी, देवेन्द्रप्रसाद उपाध्याय, शरदचन्द्र भट्टराई, ओमराज पाण्डे, राजलालप्रसाद साह, विकल्प भट्टराई र (ख) बाट जयचन्द चौरसिया, तेजनारायण साह, महमत अतिउर रहमान, फुलमहमद मियाँ धुनिया, राजेन्द्रकुमार जैसवार, अवधेश यादव, जङ्गबहादुर चौरसिया, अख्तर हुसेन मन्सुर, राजेशसिंह भूमिहार, अफतर हुसेन, अम्बिकाप्रसाद, अनिल मण्डल र चौधरी समूहले क्षेत्र नं ३ को (क) बाट ओमराज पाण्डे, राजालाल प्रसाद, देवेन्द्र उपाध्याय, उपेन्द्रप्रसाद यादव, राजेशकुमार भण्डारी, शरदचन्द्र भट्टराई, विकल्प भट्टराई र (ख) बाट अवधेशप्रसाद यादव, जङ्गबहादुर चौरसिया, तेजनारायणप्रसाद कलवार, अम्बिकाप्रसाद यादव, फुलमहमद मियाँ धुनिया, जयचन्द्र चौरसिया, राजेशकुमार सिंह भूमिहार, मतिउर्रहमान, अनिल मण्डल, अख्तर हुसैन मन्सुर, अफ्तर हँसेनको नाम सिफारिश गरेको छ ।

यसैगरी बारा क्षेत्र नं. ४ (क) बाट मन्सुर समूहले श्यामबाबू गुप्ता, छविलाल शर्मा, टीकाराम पौडेल, ओमकृष्ण कार्की, नवराज त्रिपाठी, कपिलदेव यादव, राजु पौडेल र (ख) बाट जयनारायणप्रसाद यादव, विजय गुप्ता, महेन्द्रप्रसाद गुप्ता, लालबाबूप्रसाद यादव, दिनेशप्रसाद साह, कुबेरप्रसाद साहको नाम सिफारिश गरेको छ भने चौधरी समूहले क्षेत्र नं ४ (क) बाट श्यामबाबू गुप्ता, शोभा लामा, नारायणी रायमाझी, नवराज त्रिपाठी, कपिलदेवप्रसाद यादव, ओमकृष्ण कार्की, टीका पौडेल, राजु पौडेल र (ख) बाट लोकेश सिंह, हरिशङ्करप्रसाद साह, विजय गुप्ता, दिनेशप्रसाद साह र महेन्द्रप्रसाद गुप्ताको नाम सिफारिश गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here