कोलम्बो, २३ भदौ/सिन्ह्वा

श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिंगेले बिहीवार ३७ राज्य मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराए ।

राष्ट्रपतिको कार्यालयका अनुसार राज्यमन्त्रीहरूलाई राजधानी कोलम्बोस्थित राष्ट्रपतिको सचिवालयमा पद तथा गोपनीयताको शपथ खुवाइएको हो । शपथ खानेहरूमा सेहान सेमासिंगे अर्थ, प्रमिथा बन्दरा तेनाकून रक्षा, थाराका बालासुरिया विदेशमामिला राज्यमन्त्री नियुक्त भएका छन् ।

उनीहरूले छिट्टै आफ्नो जिम्मेवारी सम्हाल्ने बताइएको छ । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here