प्रस, वीरगंज, ९ भदौ/

जिल्ला प्रशासन कार्यालय, पर्साले प्रतिलिपि नागरिकताको लागि बिहानदेखि सेवा दिने भएको
छ ।

जिप्रका, पर्साका सूचना अधिकारी सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले बिहीवार सूचना जारी गरी भदौ १० गतेदेखि बिहान ७ देखि १० बजेसम्म तीन घण्टा नागरिकताको प्रतिलिपि दिने व्यवस्था मिलाइएको बताए ।

उनले जिल्ला प्रशासन कार्यालयमा नागरिकताको प्रतिलिपि लिन भदौ ९ गतेसम्म अनुसूची फाराम भरेकाहरूले भदौ १६ गतेसम्म बिहान ७ देखि १० बजेसम्म प्रतिलिपि दिने व्यवस्था मिलाइएको जानकारी गराए ।

जिप्रका, पर्साले नागरिकता प्रतिलिपि, राहदानी वितरण गर्दै आएकामा पछिल्लो समयमा अचाक्ली भीड बढेको छ । भीडका कारण प्रतिलिपि लिनेहरूले हप्तौं कुर्नुपर्ने अवस्था आएकोले शुक्रवारदेखि एक साताको लागि यो व्यवस्था गरिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here