प्रस, सिम्रौनगढ, २ भदौ/

सिम्रौनगढ नगरपालिका–८ स्थित जनता माध्यमिक विद्यालय, कचोर्वामा बिहीवारदेखि कक्षा ११ को पठनपाठन शुरू भएको छ ।

कक्षा ११ को उद्घाटन गर्दै समाजसेवी एवं नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य बतहु यादवले बताए । उनले विद्यालयहरूमा सही शिक्षाको लागि पार्टीको योग्यता होइन शैक्षिक योग्यताको खाँचो पर्ने बताए । अहिले व्यक्तिवाद, पार्टीको पहुँच, सिफरिशले नियुक्तिको होड चलेको कारण शिक्षाको गुणस्तर घटेको बताए । उनले उत्कृष्ट नम्बर ल्याउने विद्यार्थीहरूलाई  बाराको सिम्रौनगढ–८ स्थित जनता माध्यमिक विद्यालय, कचोर्वामा आजदेखि कक्षा ११ को पठनपाठन शुरू भएको  छ ।

कक्षा ११ को उद्घाटन गर्दै समाजसेवी एव नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य बतहु यादवले विद्यालयहरूमा सही शिक्षाका लागि पार्टीको योग्यता होइन, शैक्षिक योग्यताको खाँचो पर्दछ, हाल जुन जुन परिवेशले व्यक्तिवाद, पार्टीको पहँुच, सिफारिशले नियुक्तिको होड चलेको छ, त्यसले शिक्षाको गुणस्तर घटेको बताए । उनले उत्कृष्ट विद्यार्थीलाई एउटा ल्यापटप दिने घोषणा गरे ।

प्रअ शम्भुप्रसाद यादवको अध्यक्षतामा भएको कार्यक्रममा वडाध्यक्ष रामदिनेशप्रसाद यादव, जङ्गबहादुर यादव, रामेश्वरप्रसाद यादव, भोजेन्द्रप्रसाद यादव, सिम्रौनगढ नगरपालिकाका लेखा अधिकृत सर्वेन्द्र चौधरी, शिक्षा संयोजक नुराजम सिद्दिकीलगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रममा स्वागत सुजित शर्मा र सञ्चालन विद्यानन्दप्रसाद यादवले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here