प्रस, वीरगंज, ३१ साउन/
रोजगारदाता र श्रमिक प्रतिनिधिबीच मङ्गलवार वीरगंजमा अन्तत्र्रिmया भएको छ ।
संयुक्त ट्रेड युनियन समन्वय केन्द्र, प्रदेश समन्वय समिति, मधेस प्रदेशले आयोजना गरेको अन्तत्र्रिmयामा श्रमिक प्रतिनिधिहरूले उद्योग तथा श्रमिक दुवैको हितका लागि इमानदार प्रयास हुनुपर्नेमा जोड दिएका छन् । श्रमिकले आफ्नो समस्या मात्रै दर्शाउन नहुने भन्दै उद्योग नरहे श्रमिक पनि नरहने प्रतिनिधिहरूले बताए । उनीहरूले श्रम ऐन संशोधन गर्नुपर्नेमा जोड दिए ।
श्रमिक प्रतिनिधिहरूले देशभरिका उद्योगहरूमा स्थानीय श्रमिकलाई प्राथमिकता दिनुपर्ने माग गरे । औद्योगिक कोरिडोरमा श्रमिक अस्पताल, श्रमिक विद्यालय र सुरक्षित औद्योगिक क्षेत्र स्थापना गर्नुपर्ने माग गरे ।
उद्योग वाणिज्य सङ्घ, मधेस प्रदेशका अध्यक्ष गणेश लाठले श्रमिकका सन्तति श्रमिक नै हुने बाध्यता देशमा कायम नै रहेको बताए । उनले औद्योगिक क्षेत्रमा काम गर्ने वातावरण फितलो रहेको कारण यहाँका नागरिकले भोग्नुपरिरहेको आर्थिक, सामाजिक तथा व्यक्तिगत समस्याका कारण श्रमिकहरू विदेशिने गरेको बताए ।
अध्यक्ष लाठले श्रमिकको अवस्था सुधारका लागि विभिन्न सरकारी, गैरसरकारी सङ्घसंस्थाहरूले सीपमूलक, रोजगारमूलक तालीम गराउने भन्दै अर्बाैं रुपियाँ बर्सेनि खर्च गरे तापनि सफल नभएको बताए । श्रमिकलाई सुरक्षा कोषको व्यवस्था सरकारले नगरेसम्म विवाद भइरहने उनले बताए ।
छलफलमा दुवै पक्षले नौ बुँदे साझा निष्कर्ष जारी गरेको संयुक्त ट्रेड युनियन समन्वय केन्द्र, मधेस प्रदेशका अध्यक्ष एवं पेशागत महासङ्घका अध्यक्ष प्रेमकुमार खनालले बताए ।
बैठकमा श्रम ऐन २०७४ मा भएको व्यवस्था अन्तर्गतका प्रावधानहरूमा न्यूनतम पारिश्रमिक लागू गर्ने, सामाजिक सुरक्षा ऐन अनुसार सबै उद्योग–व्यवसाय क्षेत्रमा सामाजिक सुरक्षा, व्यवसायजन्य स्वास्थ्य र सुरक्षा मापदण्ड लागू गर्ने, उद्योग व्यवसायमा हरेक वर्ष श्रम ऐन अनुसारको श्रम अडिट गराउने, श्रम क्षेत्रको समग्र व्यवस्थापनका लागि प्रदेशस्तरमा श्रम सल्लाहकार समिति गठन, राष्ट्रिय श्रम आयोग गठनलगायतका प्रक्रिया यथाशीघ्र पूरा गराउन सरकारलाई ध्यानाकर्षण गराउने सहमति भएको उद्योगी मनोजकुमार दासले जानकारी दिए ।
अन्तत्र्रिmयामा केन्द्रका इन्द्रदेव मिश्र, पल्टन ठाकुर, वीरगंज उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष हरि गौतम, अनिल अग्रवाल, कमलेश झा, गीता भण्डारी, पेशागत महासङ्घ पर्साका सचिव मनोजकुमार साह, पेशागत महासङ्घ पसार्का अध्यक्ष सुबेदार यादव, नेपाल कारखाना श्रमिक सङ्घका अध्यक्ष अमृतलाल जोशीलगायतको सहभागिता थियो ।