प्रस, सिम्रौनगढ, १९ साउन/
बाराको सिम्रौनगढ नगरपालिकामा बिहीवार प्रमुख प्रशासकीय अधिकृत फेरिएका छन् ।
वरिष्ठ कर्मचारी वीरेन्द्र साहलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ ।
तत्कालीन प्रमुख प्रशासकीय अधिकृत हरिओमप्रसाद जयसवालले सन्तोषजनक काम नगरेको नगरप्रमुख किशोरीप्रसाद कलवारले बताए ।
त्यस्तै, सिम्रौनगढ नगरपालिका कार्यालयको स्वीकृत दरबन्दीमा वरिष्ठ कर्मचारी रहेको तथा विगतमा पनि सोही नपामा निमित्त प्रमुख प्रशासकीय अधिकृत भई कामकाज गरेकाले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट अर्को व्यवस्था नहुन्जेलसम्म साहलाई प्रमुख प्रशासकीय अधिकृत तोकिएको हो ।
तत्कालीन प्रमुख प्रशासकीय अधिकृत जयसवालले वरिष्ठताको सवालमा अदालतमा मुद्दा चलिरहेको र अदालतको निर्णय नआई लिइएको निर्णयले वैधता नपाउने बताए ।