प्रस, वीरगंज, ४ साउन/

वीरगंज–पथलैया व्यापारिक मार्ग अन्तर्गत परवानीपुर बजार क्षेत्रमा सडकको चौडाइ घटाएको विषयमा छानबीन शुरू भएको छ ।

व्यापारिक मार्ग आयोजना कार्यालय पथलैयाले छानबीन शुरू गरेको छ । कार्यालयले मङ्गलवार बिहान गुनासो परेको परवानीपुर बजार क्षेत्रका दुई/तीन ठाउँमा प्राविधिक खटाएर पुनः चौडाइ नापजोख गरेको आयोजना कार्यालयका प्रमुख इन्जिनीयर मनीषकुमार साहले बताए ।

सडकछेउका बासिन्दाको आर्थिक प्रलोभनमा परी दुई/तीन ठाउँमा सडकको चौडाइ दुई/तीन मिटरसम्म घटाएको उजूरी परेको थियो । आयोजना कार्यालयका इन्जिनीयर सुरेन्द्र साहले आर्थिक प्रलोभनमा परी धर्मेन्द्र ठाकुरको घरअगाडिको सडकको चौडाइ पचास मिटरबाट घटाएर ४७ मिटरभित्र संरचना निर्माण गराएको पुष्टि भएको छ । मङ्गलवार भएको नापजोखमा सो क्षेत्रमा सडकको चौडाइ तीन मिटर घटेको पाइएपछि सडकको वास्तविक ५० मिटर चौडाइ गरी निर्माण भइसकेको  नाला भत्काएर पुनः अर्को नाला निर्माण हुने कार्यालयले जनाएको छ ।

सडकको पश्चिमतर्फको फूटपाथ घटाएर चौडाइ कम गरिएको र सडकछेउका जग्गाधनीको जग्गा बचाउन चौडाइ घटाएको हुन सक्ने छानबीनको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here