प्रस, वीरगंज, ३२  असार/

पर्साको सदरमुकाम तथा गाउँसंग तिलावे यस बर्षपनि नबन्ने निश्चित भएको समाचार प्राप्त भएको छ।

तिलावे पुल निर्माण गर्ने ठेकक्दार कम्पनीहरुलाई १ बर्ष बराबर २०८० असारसम्म म्याद थपेपछि सो पुल यस आर्थीक बर्षभित्र नबन्ने निश्चत भएको छ।

यो पुल बन्न पर्सा बासीहरुलाई कतीको मर्कामा छन, त्यो सब समस्या सबैलाई थाहा नै छ। पछिलो सरकारले तिलावे पुल सरह अलपत्रमा परेका सबै योजनाहरुको कार्य सम्पन समय अवधी यही असाढ मसान्तसम्म तोकिएको थियो। तर बर्तमान सरकारले जेठ २२को मन्त्रिपरिषदको निर्णय अनुसार तिलावे पुल लगाएत अलपत्र परेका सबै योजनाहरुको १ बर्षको म्याद थपेपछि ठेक्दारहरु अहिले रमाई रहेका छन।

२०७२ जेठ ७ गते पप्पु/लुम्बिनी जेभीले रु ७ करोड ७१ लाखमा पुल निर्माणको ठेक्का सकार गरेका थिए। तर अहिले ७ वर्ष बित्दा पनि पुल निर्माण हुन सकेको छैन। पहिलो समयमा पप्पु कन्स्ट्रक्शनले आफनो जिमेबारीबाट हटेपछि लुम्बिनी कन्स्ट्रक्शनका विष्णु शर्माले सो पुलको निर्माण कार्य सम्पन गर्न जिमेबारी पाएको हुलाकी राजमार्गका सुचना अधिकारीको भनाई छ। शर्माले काम एकलो जिम्मेकारी पाएपछि तिब्र रुप्मा तिवाले पुलको निर्माण कार्य गरिहेका थिए। शर्माले जसरी भएपनि यसबर्ष नै पुल निर्माण गरि सरकारलाई  दिने साथ त्यारी रहेको बेला साईड किलिरेन्सको समस्यामा परेको शर्माको कर्मचारीको भनाई छ। बिधुत पोल जग्गाको मुअब्जाको समस्याले सो पुलको निर्माण कार्यमा ढिलाई भएको कर्मचारीको भनाई छ। तर जे समस्या भएपनि सरकारको सरोकारवाला निकायहरु अहिलेसम्म के गरिहेका छन भन्ने सोध्ने कोही छैन। पर्सा जिल्लाको लागी महत्वपुर्ण  योजनाको रुपमा रहेका तिलावे पुल ७ बर्षमा नबन्नु तथा ठेक्दारले लापारवाही गर्नुमा को दोषी  जानताले खोज्ने बिषय छ। बिगत ७ बर्षमा अवधीमा सो निर्वाचन क्षेत्रबाट २ जना सांसद छानिएपनि उनीहरुले अहिलेसम्म सो पुलको बारेमा कसैले अहिलेसम्म आफनो धारण व्यक्त गरेका छैन। संसदिय बिकास क्षेत्र भित्र भएका राम्रा तथा नम्रा लगाएत अन्य बिषयको बारेमा जनताहरुको सरोकारवालाहरुको समस्याको बिषयमा सरकारसंग कुरो गर्ने ति सांसदहरुको अदुर्दशर्ताको कारण यस्तो समस्या पर्सा बासीहरुले भोगी रहेको बताएका छन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here