प्रस, पंचगावाँ, १७ असार/
सखुवाप्रसौनी गाउँपालिका अन्तर्गत जमुनिया खोलाबाट अवैधरूपमा गिट्टी, बालुवा उत्खनन गरी तस्करी गरिरहेको सूचना पाएपछि गापा कार्यालयका कर्मचारी र जनप्रतिनिधिको टोलीले तीनवटा ट्याक्टर र दुईवटा टिपर बिहीवार राति नियन्त्रणमा लिएको छ ।
टोलीले प्र–०३–००१क०४३८ र ना.८ख ८८७ नम्बरका दुईवटा टिपर र ना.७त ५९८७, प्रदेश–०२–०३–००१त१९६३ र ना.५त ४४८२ नम्बरका तीनवटा ट्याक्टर नियन्त्रणमा लिएको गापा अध्यक्ष यशवन्त यादवले बताए । उनले अवैधरूपमा गिट्टी, बालुवा ओसारपसार गरेपछि नियन्त्रणमा लिएको बताए । तीनवटा ट्याक्टरलाई जनही रु एक हजारको दरले जरिवाना तिराएर पहिलोपटकको लागि छाडिएको उनले बताए । तर गापामा राखिएका दुईवटा टिपर आज बिहान ९ः३० बजे तस्करहरूले लिएर भागेको अध्यक्ष यशवन्त यादवले बताए ।
यस विषयमा जिल्ला प्रशासन कार्यालय, पर्सामा जानकारी गराइएको उनले बताए ।