- बैधनाथ श्रमजीवी
नेपाली समाजले परिवर्तनको निकै लामो कालखण्ड पार गरेको छ । जहानियाँ तथा घरानिया शासनविरुद्ध जनताले चलाएको झन्डै पौन एक सय वर्षको लामो लडाइँमा अझै पनि जनताले विजयश्री हात पार्न सकेको छैन । रूपमा हेर्दा राणाहरू गए, पञ्चहरू गए, निरङ्कुश एक दलीय पञ्चायत गयो, कथित प्रजातन्त्र पनि आयो र गयोस हुँदाहुँदा राजतन्त्र समाप्त भएर सङ्घीय लोकतान्त्रिक गणतन्त्र पनि आएको सो¥ह वर्ष भइसकेको छ । यति भएर पनि नेपाली आम जनताको अवस्थामा खासै सुधार हुन सकेको देखिंदैन । भन्नलार्ई थुप्रैचोटी व्यवस्थाहरू बदलिए तर जनताको अवस्था आजसम्म कहिले बदलेको छैन । किन होला ?
विगत व्यवस्थाहरू परिवर्तनको काममा लागेका थुप्रै नेताहरूको अवस्था फेरिएको छ तर जनताको अवस्था फेरिएन किन ? यो प्रश्नको उत्तर यस व्यवस्थाका ठेकेदारहरूले चित्तबुझ्दोगरी दिन सकेका छैनन् । उनीहरू जनताको अवस्था फेरिन नसक्नुको कारणमा एक अर्कालाई दोषारोपण गर्ने गरेको सबैले सुनेकै हो । यदाकदा उनीहरू दक्षिण र उत्तरका शक्तिशाली राष्ट्रहरूलाई समेत यसको जवाफदेहिता दिन भ्याउने गरेका छन् । अझैं संसारकै शक्तिसम्पन्न साम्राज्यवादी राष्ट्रको नाङ्गो हस्तक्षेपलाई समेत बेलाबेलामा यिनीहरूले इङ्गित गर्ने गरेका छन् । नेपालीहरूको अवस्था नफेरिनुको कारण विदेशी शक्ति राष्ट्रहरू हुन त ?
मानिस आशामा बाँच्ने सामाजिक प्राणी हो । जति दुःख कष्ट आइलागे पनि मानिस एक दिन त राम्रो हुन्छ भन्दै आशा लिएर हाँसी–हाँसी दुःख कष्ट झेल्न खप्पिस भइसकेको छ । मानिसहरूसँग यो आशा आजदेखिको होइन जतिबेला जङ्गली युगमा मानिसहरू बाँच्ने गर्थे त्यो बेलाको मानव समाजमा प्राकृतिक दुःखभन्दा अरू कुनै दुःख थिएन । न उनीहरूसँग प्राकृतिक खुशीभन्दा अरू कुनै खुशी नै थियो । वास्तवमा त्यतिबेला मानिससँग न कुनै छल थियो न प्रपञ्च नै । न भूmट थियो न कुनै नक्कली कुरा । जे थियो सबै प्राकृतिक मात्रै थियो । सबै कुरा प्रकृतिले नै उत्पादन गथ्र्यो र मानिसहरू केवल त्यसको उपयोग मात्रै गर्दथे । त्यतिखेर मानिससँग निजी भन्ने कुनै कुरा थिएन । न कसैको आफ्नो जङ्गल थियो, न कुनै पहाड, न कुनै नदी न कुनै जमीन । मानिसहरू आफ्नो आवश्यकता अनुसार उपभोग गर्थे र अगाडि बढ्थे । तर यो समय सधैंभरि रहन सकेन । जङ्गलभित्र बढ्दै गएको मानिसहरूको आबादी र घट्दै गएको खानेकुरा, विभिन्न क्षेत्रमा रहेका जङ्गलहरूमा विभिन्न मानव समूहसँग खानेकुराकै लागि हुने लडाइँ आदिले उपभोगका कारण मानिसको स्वतन्त्रता हनन हुने वातावरण बिस्तारै बन्दै थियो । सामूहिक जीवनभित्र बिस्तारै कबिलाकै नाममा भए पनि व्यक्तिगत कुराको भ्रूण जन्मँदै थियो । हो यहींबाट मानिसहरूले निकै लामो समयका लागि दुःख उत्पादन गर्ने निजी चीजहरूको उत्पत्ति गर्दै थिए । शुरूशुरूमा ती निजी चीजहरूले तत्कालीन अवस्थामा मानिसहरूलाई सुख दिएको अनुभूति गराए पनि वास्तवमा तिनै निजी चीजहरूले हजारौं वर्षसम्म मानिसलाई दुःखको भुमरीमा निस्सासिएर मार्ने गरी आफ्नो अवस्था तयार पार्दै गरेको कुरा अनुभूत गर्न कसैले सकेको थिएन र त्यो बेलामा सक्ने कुरा पनि थिएन ।
कबिलाहरूको आपसी द्वन्द्वले सबैभन्दा पहिले मानिसहरूको स्वतन्त्रता समाप्त पा¥यो । जितेको कबिलाले हारेको कबिलाका सदस्यहरूलाई कि त मारेर समाप्त गर्थे कि अलि कमजोरहरू महिलाहरू र बच्चाहरूलाई आफ्नो दासको रूपमा प्रयोगमा ल्याउन थालेका थिए । यसरी मानव समाज जो उत्पत्तिकालदेखि स्वतन्त्र भएर विकसित हुँदै आइरहेको थियो उनीहरू अब स्वतन्त्रता हनन भएका दासहरू एकथरी, तथा तिनै दासका मालिकहरू अर्काथरी भएका समाजको निर्माण हुँदै थियो ।
स्वतन्त्रता सबैलाई मनपर्ने विषय हो । स्वतन्त्रता मन नपराउनेहरू केवल मालिक मात्र हुन्छन् किनभने सबै स्वतन्त्र भए मालिकलाई मालिक कसले भन्ने ? मालिकहरू मालिकको रूपमा कसरी रहिरहने ? यसकारण विगतमा थुप्रै दासहरूले विद्रोह गरेको मानव इतिहास छ तर मालिकहरूले ती दास विद्रोहहरूलाई त्रूmरतापूर्वक दबाएको पनि इतिहास छ । मानव इतिहासमा सबैभन्दा त्रूmरतापूर्वक मानिस भएर मानिसको हातबाट यातना खाएको अवस्था पनि यही दास व्यवस्था नै हो । यतिबेला दास मालिकहरू निहत्था दासलाई जङ्गली बाघ भालुसँग लडेर तिनलाई जित्नुपर्ने वा तिनकै पञ्जाबाट आफू मारिनुपर्ने खेल खेलाएर आनन्दित हुने परम्परा नै चलेको थियो । दुईवटा बलिया दासहरूलाई हातमा एक–एक वटा भाला दिएर एकले अर्कोलाई मार्नुपर्ने खेल पनि सयकडौं वर्षसम्म युरोपमा नभएको होइन ।
यसरी मानिसको इच्छा जब अप्राकृतिक ढङ्गले अगाडि बढ्न खोज्छ तब समाजभित्र अनेकौं आपत्–विपत् आउन थाल्छ । मानिसभित्र निजी इच्छाले प्रश्रय पाउँदै गएपछि हिजोका दासहरू मालिकहरूबाट मुक्तिको लागि थुप्रै लडाइँहरू लडे तर उनीहरूलाई मुक्तिको नाममा भूदासको रूपमा प्रयोग गरियो । रूपमा हेर्दा दासहरू मालिकहरूको प्रताडना र विभिन्न प्रकारका अमानवीय यातनाहरूबाट मुक्त भएकोजस्तो देखियो तर वास्तवमा उनीहरू जमीनको दासको रूपमा परिवर्तित हुन पुगे । दास मालिकहरू जहाँ सामन्तको भूमिकामा देखा परे, राजा–महाराजा र सम्राट्को भूमिकामा देखा परे त्यही दासहरू भूमिहीन किसान, गरीब, किसान र खेतीहर मजदूरको रूपमा देखा परे । वास्तवमा किसानहरू अझै पनि भूदास नै थिए । राजा–महाराजाहरूविरुद्ध संसारभरि किसान आन्दोलन चल्यो र देखा परे व्यापारीहरू । घरघरमा गएर वस्तु विनिमय गरी हिंड्ने व्यापारीहरू नै पछि ठूल्ठूला उद्योगपतिको रूपमा देखिए जहाँ किसानहरूलाई मजदूर र सर्वहाराको भूमिकामा अगाडि बढ्न बाध्य पारियो ।
दासत्वबाट उठेको मुक्ति आन्दोलन मजदूरहरूको कारखानासम्म आइपुग्दा समाजवादी विचारसँग जम्काभेट हुन पुग्यो । सबैखाले मानव निर्मित शोषणविरुद्ध वर्गविहीन समाजको परिकल्पनामा लागेका साम्यवादी लक्ष्य भेदन गर्न हिंडेका समाजवादी यात्रीहरू झन्डै सत्तरी वर्षपछि फेल खाए । संसारभरबाट समाजवाद बालुवाको महलझैं गल्र्याम्मगुर्लुम्म ढल्न पुग्यो र यसको जड कारण जनताभन्दा नेताहरूमा देखिएको निजी सुखसुविधा नै हो । कम्युनिस्ट पार्टी भन्नूस् अथवा समाजवाद वा वैज्ञानिक समाजवाद । यस प्रकारको आन्दोलनको अगुवाइ गर्ने नेतापङ्क्ति नै अवसरवादमा रूपान्तरण हुने परम्परा निकै लामो देखिएको छ । यही एक कारण हो जसले गर्दा अहिले संसारमा एकाध बाहेक कुनै पनि कम्युनिस्ट पार्टीको सरकार कहीं छैन । नेपालमैं घोर दक्षिणपन्थी बाटोमा लागेका नेपालका संसदीय धारका नेताहरू आफूलाई कम्युनिस्ट भन्न रुचाउँछन् जबकि तिनीहरू सबका सब अवसरवादी तथा दलाल पूँजीवादी व्यवस्थाका दलाल मात्रै हुन् । हालसम्मको नेपाल कम्युनिस्ट पार्टीहरूको चरित्र हेर्दा कुन नेता तथा पार्टी कति बेला अवसरवादमा रूपान्तरण भइहाल्ने हो भन्न गा¥हो छ ।