प्रस, जीतपुर, १२ असार/
बाराको जीतपुरसिमरा नगर उद्योग वाणिज्य सङ्घको उद्योगतर्फको उपाध्यक्षमा विजयकुमार साह निर्वाचित भएका छन्। साहले ४७ मत प्राप्त गरेका थिए भने सोही पदका प्रत्याशी दीपक गुप्ताले ३२ मत प्राप्त गरेका थिए।
उद्योगतर्फ सदस्यमा राकेशकुमार गुप्ता, राजेशकुमार साह र रीना रौनियार पुरी निर्वाचित भएका छन्। गुप्ताले ५७, साहले ५६ र पुरीले ५५ मत प्राप्त गरेका थिए।
उद्योगतर्फको मतगणना सम्पन्न भएपछि वाणिज्यतर्फको मतगणना हुनेछ।