प्रस, वीरगंज, २६ जेठ/

मधेस प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्रालयले पर्साका सयवटा योजनाको रकम यसपालि रोकेको छ ।

मन्त्रालय अन्तर्गत शहरी विकास तथा भवन कार्यालयमार्फत हुने विकास निर्माण अन्तर्गत यसपालि तीन दर्जनभन्दा बढी चालू योजनाको रकम अहिलेसम्म पठाएको छैन । असार मसान्त सकिन तीन साता बाँकी रहेको र अहिलेसम्म अधिकांश योजना निर्माणका लागि रकम नपठाउँदा यसपालि सो काम नहुने भएको छ ।

बारा, पर्सा, रौतहटका दर्जनौं योजना यसपालि अधूरो हुने सो कार्यालयले जनाएको छ । गत वर्ष यस क्षेत्रका सांसद जितेन्द्र सोनल हुँदा सयौं योजनाको कार्यक्रम ल्याएको र ती योजनाहरू सञ्चालनमा रहे तापनि नयाँ मन्त्री आएपछि सबै योजनाको रकम आफ्नो क्षेत्रतिर लगेको स्रोतले बताएको छ ।

अधूरो योजना अन्तर्गत बारा, पर्सा, रौतहटका सिम्रौनगढ कङ्काली मन्दिर, बारागढी–१ सामुदायिक भवन, जीतपुरसिमरामा राधाकृष्ण मन्दिर, कलैया–१७ मा छठघाटमा सामुदायिक भवन, परवानीपुर–३ मा धर्मशाला, कलैया–८ मा अधूरो सामुदायिक भवन निर्माण, सिम्रौनगढ–२ मा शहीद जयनारायण पटेल स्मृति भवन, राजदेवी नपा–२ मा सामुदायिक भवन, गहवामाई, विन्ध्यवासिनी करिडर योजना, पोखरिया, बाराको परसौनी, परवानीपुरमा  स्याटेलाइट सिटी निर्माण, वीरगंज–८ मा दलित छात्रावास निर्माण, कलैया–२ मा अमरज्योति माविको छात्रावास निर्माण, गौर–५ दलित छात्रावास, वीरगंज–१६ नगवामा ज्येष्ठ नागरिक आवास निर्माण, कलैया–२ मा ज्येष्ठ नागरिक आवास निर्माण, गौर–२ मा ज्येष्ठ नागरिक आवास निर्माण, गौर–२ मा शिवालय मन्दिर निर्माण, भगवती गापामा रामजानकी मन्दिर निर्माण, वीरगंज–१ मा डोमबस्ती धर्मशाला निर्माण, छपकैया धर्मशाला निर्माण, पचरौतामा धर्मशाला निर्माण, जीतपुरसिमरा इनर्वासिरामा धर्मशाला निर्माण, वीरगंज–१५ मा सामुदायिक भवन निर्माण, कलैया–९ मा सामुदायिक भवन, गौर–१३ रामजानकी मठ निर्माण, परवानीपुर गापामा आदर्श विकास कार्यक्रम सञ्चालन, रौतहटको भगवती गापामा आदर्श बस्ती विकास कार्यक्रम, धोबिनीमा आदर्श बस्ती विकास कार्यक्रम, परवानीपुर–५ मा धर्मशाला निर्माण, गजेन्द्रनारायण स्मृति स्थल निर्माण, परसौनी गापा–३ मा अधूरो भवन निर्माण, वीरगंज–१६ मा बौधीमाई धर्मशाला, सरकारी कार्यालयहरूको मरम्मत सुधार, श्रीपुरमा प्रादेशिक पुस्तकालय निर्माण, ठाराब क्याम्पसमा अडोटोरियम निर्माण, कलैयामा आदर्श पुस्तकालय निर्माण, सखुवापरसौनीमा सामुदायिक भवन निर्माण, गौर स्मार्ट सिटी, पर्सागढीमा सामुदायिक भवन, वीरगंज–१० मा शिवपार्वती धर्मशाला निर्माणको रकम रोकिएको शहरी विकास तथा भवन कार्यालयले जनाएको
छ ।

समय सकिन लागेको र तत्काल रकम पठाए पनि सो कार्य नहुने प्राविधिकले जनाएका छन् । विनियोजित रकम माग गर्न प्रदेश सरकार, सम्बन्धित मन्त्रालय र विभागलाई पत्राचार गर्दा पनि रकम नआएको कर्मचारीहरूले जानकारी दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here