प्रस, वीरगंज, २६ जेठ/

पर्सा जिल्लामा टाइफाइडविरुद्ध खोप ८३ प्रतिशतले लगाएको स्वास्थ्य कार्यालय, पर्साले जनाएको छ ।

स्वास्थ्य कार्यालय, पर्साका प्रमुख नवलकिशोर साहले वैशाख ५ गतेदेखि १३ गतेसम्म सञ्चालित टाइफाइडविरुद्ध खोप पर्सा जिल्लामा १५ महीनादेखि २३ महीनासम्म उमेर पुगेका ८ हजार ४६ बालबालिका र २ देखि १५ वर्ष उमेर समूहका १ लाख ७९ हजा ७ जना बालबालिका गरी १ लाख ८७ हजार ६३ जनाले खोप लिएको बताए । उनले १५ महीनादेखि २३ महीना उमेर समूहका १२ हजार २६७ र २ वर्षदेखि १५ वर्ष उमेरका २ लाख ७९५ जना गरी २ लाख २६ हजार ६२ जनालाई खोप लगाउने लक्ष्य रहेकोमा ८३ प्रतिशतले खोप लगाएको बताए ।

उनले पर्सा जिल्लाको वीरगंज महानगरपालिका, पोखरिया, बहुदरमाई, पर्सागढी नगरपालिका र गाउँपालिकाहरू सखुवापरसौनी, पटेर्वासुगौली, पकाहामैनपुर, धोबिनी, जगरनाथपुर, विन्ध्यवासिनी, जीराभवानी, ठोरी, कालिकामाई, छिपहरमाई गरी १४ वटा पालिकामा खोप लगाइएको बताए ।

पर्सा जिल्लाको ११२ वटा स्वास्थ्य संस्थामा २ लाख १८ हजार २३ खोप पठाइएकोमा १ लाख ८७ हजार ९६९ खर्च भएको र ३० हजार ५४ खोप फिर्ता भएको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here