प्रस, पोखरिया, १६ जेठ/

पोखरिया नगरपालिका र कार्यालय स्थापना सङ्घर्ष समिति, पोखरियाको संयुक्त बैठक सोमवार बसेको छ । पोखरिया नपामा वीरगंज महानगरकेन्द्रित सरकारी कार्यालयहरूको शाखा स्थापनाको लागि यस अघिदेखि सङ्घर्ष गर्दै आएकोमा आगामी दिनमा प्रदेश र सङ्घ सरकारमा डेलिगेशन जाने निर्णय भएको सङ्घर्ष समितिका संयोजक नेजामुद्दीन समानीले बताए ।

बैठकले जेठ १९ गते अथवा २० गते प्रदेश र सङ्घ सरकारमा वीरगंज महानगर केन्द्रित सरकारी कार्यालयहरूको शाखा स्थापनाको लागि डेलिगेशन जाने निर्णय गरेको बताए । मालपोत, भूमिसुधार, नापी तथा जिल्ला प्रशासन कार्यालयको शाखा पोखरियामा स्थापना गर्दा जिल्लाका दूरदराजमा रहेका पालिकाहरूले पनि सहज सेवा पाउने भन्दै सङ्घर्ष समितिले लामो समयदेखि माग गर्दै आएको छ ।

यसैगरी समितिले पोखरिया अस्पताललाई ५० शøयाको बनाउने सर्वसम्मत निर्णय गरेको छ । संयुक्त बैठकमा पोखरिया नपाका प्रमुख प्रद्युम्न चौहान, उपप्रमुख रूबी ठाकुर, नेपाली काङ्ग्रेसका श्रीकृष्ण चौहान, एमालेका विन्ध्याञ्चल ठाकुर, माओवादी केन्द्रका पन्नालाल पटेल, जसपाका खलील मियाँ, लोसपाका जलील मियाँ, सुशासन पार्टीका नौशाद आलम, वडाध्यक्ष परमानन्द पटेललगायतको सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here