प्रस, वीरगंज, १४ जेठ/
पर्सा जिल्लाको भर्खरै सम्पन्न स्थानीय तहको नतीजापछि कार्यपालिका सदस्यमा बहुमत सिद्ध गर्न सबै दलका नेता कार्यकर्ताहरूले दौडधुप शुरू गरेका छन् ।
वीरगंज महानगरपालिका,पर्साको तीन नगरपाकिला तथा १० वटा गाउँपालिका गरी १४ वटा पालिकाहरूमा प्रभावशाली दलका नेताहरू दौडधुप तथा मतदाता रिझाउने काममा व्यस्त देखिएका छन् ।
निर्वाचनको नतीजा आइसकेपछि १५ दिन भित्र कार्यपालिका सदस्यको लागि बहुदमत हासिल गर्न दलका नेता तथा निर्वाचित जनप्रतिनिधिहरूले दौडधुप तथा पैसाको चलखेल गरिरहेको बुझिएको छ । एकजना सदस्यको लाखौं रुपियाँमा मोलमोलाई भइरहेको गाउँलेहरूले बताएका छन् ।
गाउँलेले दिएको जानकारी अनुसार जुन पालिकामा मेयर, उपमेयरमा निर्वाचित जनप्रतिनिधिहरू अल्पमतमा छन्, उनीहरूले अन्य दलका निर्वाचित सदस्य तथा वडा अध्यक्षलाई आफूतिर तान्न भरमग्दुर प्रयासमा जुटेको देखिएको छ ।
केही पालिकाका नेताहरू निर्वाचित जनप्रतिनिधिहरूलाई हेटौडा, चितवन, पोखरा, लुम्बिनी, काठमाडौंलगायत ठाउँको भ्रमणमा पनि हाइजेक गरी लगेको कुरा समाजिक सञ्जालमा देखएिको छ ।
नगरपालिकाको लागि निर्वाचित सदस्यमध्येबाट पाँचजना महिला सदस्य तथा अन्य तीनजना खुला पुरुषमा दलित तथा अल्पसङ्ख्यक र गापामा चारजना महिला सदस्य तथा दुईजना खुला बाहिरबाट पुरुष सदस्यलाई ल्याउनुपर्ने व्यवस्था छ । बाहिरबाट ल्याउनुपर्ने सदस्यहरूमा बार्गेनिङ चलिरहेको बताइएको छ । जुन पालिकामा पार्टी तथा गठबन्धनको बहुमत छ, त्यसमा बाहिरबाट ल्याउने सदस्यबाट लाखौं रुपियाँ लिएर भिœयाउने तथा जुन पालिकामा दल अल्पमतमा छ, उसले बाहिरबाट आउने सदस्यलाई रकमी चलखेल गरी भिœयाउने रणनीति देखिएको छ ।
पर्सा, धोबिनी गापामा जसपाको अध्यक्ष जितेपछि काङ्ग्रेस १५ जना, एमाले ३, जसपा ९ जना सदस्य रहेका छन् भने कालिकामाई गापामा जसपाको अध्यक्ष जितेपछि बोर्ड सदस्यमा १३ जना काङ्ग्रेस,१३ जना जसपा, एकजना एमाले रहेका छन् । जगरनाथपुर गापामा काङ्ग्रेस अध्यक्षमा जिते पनि काङ्ग्रेसका २६ जना, एमालेका ६ जना, पोखरिया नपामा एमालेका २४ जना, काङ्ग्रेसका २४ जना, नेपाल सुशासन पार्टीका ४ जना, छिपहरमाई गापामा काङ्ग्रेसका १२ जना, जसपा पाँचजना, एमालेका १० जना, पटेर्वासुगौली गापामा काङ्ग्रेसका २२ जना, एमालेका चारजना,जसपाका एकजना, विन्दवासिनी गापामा लोसपा ९ जना, काङ्ग्रेस १३ जना, एमाले दुईजना, माओवादी दुईजना, जसपा एकजना, सखुवापरसौनीमा जसपा ७ जना, काङ्ग्रेस १३ जना, एमाले १२ जना, वीरगंज महानगरमा जसपा ७०, काङ्ग्रेस ४७, एमाले ४०, लोसपा ५, बहुदरमाई नपामा एमाले २१, काङ्ग्रेस १८, जसपा ७, स्वतन्त्र एक,पर्सागढी नपामा एमाले १९,काङ्ग्रेस ११, जसपा १०, लोसपा ५, स्वतन्त्र दुई, जीराभवानी गापामा काङ्ग्रेस १७, एमाले २७, ठोरी गापामा एमाले १६, काङ्ग्रेस ४, माओवादी ७ जना निर्वाचित जनप्रतिनिधि रहेका छन् ।