वाशिङ्टन, ५ जेठ/एएनआई

अमेरिकी राष्ट्रपति जो बाइडेनको दक्षिण कोरिया र जापानसँग महŒवपूर्ण सुरक्षा गठबन्धन पुनः पुष्टि गर्न र दोस्रो व्यक्तिगत क्वाड शिखर सम्मेलनमा भाग लिन यस हप्ता एशिया भ्रमण गर्ने तय भएको छ ।

राष्ट्रपति बाइडेनको भ्रमण अघि पत्रकार सम्मेलनमा बोल्दै राष्ट्रिय सुरक्षा सल्लाहकार (एनएसए) जेक सुलिभानले राष्ट्रपतिका रूपमा इन्डो–प्यासिफिक क्षेत्रको यो उनको पहिलो भ्रमण भएको बताएका छन् ।

राष्ट्रपति बाइडेनले युक्रेनको रक्षा र रूसी आक्रमणको विरोधमा स्वतन्त्र विश्वको पक्षमा वकालत गरेका छन् । ती मिशनहरूमा हाम्रा प्रयासहरू सफल छन् भनी सुनिश्चित गर्न उनी केन्द्रित छन् । तर उनी यो क्षण पनि सदुपयोग गर्न चाहन्छन्–यो महŒवपूर्ण क्षण– विश्वको अर्को महŒवपूर्ण क्षेत्रः इन्डो–प्यासिफिकमा साहसी र विश्वस्त अमेरिकी नेतृत्वलाई जोड दिन”–सुलिवानले थपे ।

दक्षिण कोरियामा बाइडेनले नवनिर्वाचित कोरियाली राष्ट्रपति युन सुक–योलसँग भेट गर्नेछन् ।

उनले कोरियामा प्रविधि र निर्माण क्षेत्रका नेताहरूसँग भेट गर्नेछन् र उत्तर कोरियाको आणविक र क्षेप्यास्त्र कार्यक्रमबाट उत्पन्न चुनौतीबारे परामर्श गर्नेछन् । जापानमा अमेरिकी राष्ट्रपतिले प्रधानमन्त्री फुमियो किशिदा र उनको टोलीसँग भेट गर्नेछन् । “र हामी विश्वास गर्छौं कि अमेरिका–जापान गठबन्धन, यस समयमा, यी दुई नेताको नेतृत्वमा  शीर्ष स्थानमा छ । यो भ्रमणले हामीलाई अझ माथि लैजान सक्छ”–सुलिवानले भने ।

दुई नेताले हाम्रा दुई देशबीच फराकिलो र गहिरो आर्थिक सम्बन्धका साथै क्षेत्रीय र विश्वव्यापी सुरक्षाका विषयमा छलफल गर्नेछन् । “हामी उत्तर कोरियाका साथै इन्डो–प्यासिफिक र विश्वभरि व्यापकरूपमा अन्य सुरक्षा मुद्दाहरू पनि सम्बोधन गर्नेछौं ।”

जापानमा बाइडेनले गत सेप्टेम्बरमा वाशिंगटनमा आयोजना गरेको शिखर सम्मेलनपछि दोस्रो व्यक्तिगत क्वाड शिखर सम्मेलनमा पनि भाग लिनेछन् ।

टोकियोमा रहँदा अमेरिकी राष्ट्रपतिले यस क्षेत्रका लागि नयाँ आर्थिक पहलः इन्डो–प्यासिफिक इकोनोमिक फ्रेमवर्क पनि शुरू गर्ने बताइएको छ ।  “यो २१ औं शताब्दीको आर्थिक व्यवस्था हो, नयाँ आर्थिक चुनौतीहरूको सामना गर्न डिजाइन गरिएको नयाँ मोडेल– डिजिटल अर्थतन्त्रका नियम सेट गर्नेदेखि, सुरक्षित र लचिलो आपूर्ति शृङ्खला सुनिश्चित गर्न, ऊर्जा व्यवस्थापन गर्न र सङ्क्रमण, स्वच्छ, आधुनिक, उच्चस्तरीय पूर्वाधारमा लगानी गर्न महŒवपूर्ण हुनेछ”–उनले थपे । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here