प्रस, रौतहट, २९ वैशाख/
ईशनाथ नगरपालिकाका निवर्तमान प्रमुख सन्तोषकुमार मेहताले आपूmलगायत चारजनामाथि आक्रमण भएको आरोप लगाएका छन्।
बिहीवार आफ्नो निवासमा पत्रकार सम्मेलन गर्दै उनले साथीकी छोरीको बिहेमा बुधवार राति गइरहेको बेला राति १०ः३० बजे नेपाली काङ्ग्रेसबाट प्रमुख पदकी उम्मेदवार अञ्जु झालगायतले कुटपिट गरी गाडी तोडफोड गरेको आरोप लगाए। उनले घिउरा निवासी जगदीश पटेलकी छोरीको विवाहमा सहभागी हुन जाँदै गर्दा महुलिया प्रहरी चौकीका प्रसनि सञ्जय पटेलले फोन गरी बोलाएपछि पल्टुवा र लक्ष्मीनिया सडकमा सुरक्षाकर्मीहरूले आप्mनो गाडीको साँचो खोसी कुरा गरिरहेको बेला नेकाकी उम्मेदवार झालगायत युवाहरूको समूहले कुटपिट गरेको बताए। उनले कुटपिटमा आपूmलगायत चारजना घाइते भएको बताए। उनले झाको मिलेमतोमा षड्यन्त्र रची ममाथि कुटपिट गरेकोले अनुसन्धान गरी कारबाई गर्न आग्रह गरे।
सञ्चारकर्मीहरूको प्रश्नको जवाफ दिंदै उनले पैसा बाँड्ने कुरा झूटो भएको बताए। उनले भारतीय गाडी धेरै उम्मेदवारले प्रयोग गरिरहेको बताउँदै सबैले भारतीय गाडीको प्रयोग गर्न बन्द गरे आफूले पनि बन्द गर्ने बताए। उनले निर्वाचन निष्पक्ष, धाँधलीरहित गराउन सम्बन्धित पक्षसँग आग्रह गरे।
यस सम्बन्धमा अञ्जु झासँग बुझ्दा उनले आरोप झूटो भएको बताउँदै आपूm वा आप्mना कार्यकर्ताले कुटपिट नगरेको दाबी गरिन्। उनले पैसा बाँडिरहेको भन्ने खबर आएपछि आपूmहरू घटनास्थलमा पुगेको बताइन्।
रौतहटका सशस्त्र प्रहरी उपरीक्षक ध्रुवबहादुर कार्कीले रकम बरामद नभएको बताउँदै रातिको समय भएकोले निवर्तमान नगरप्रमुख मेहताको गाडी तोडफोड भएको र ढुङ्गा प्रहारबाट उनलाई सामान्य चोट लागेको बताए। उनले निर्वाचनको समयमा विभिन्न किसिमका हल्ला र अफवाह चलिरहेको पनि दाबी गरे।