संयुक्त राष्ट्रसङ्घ, २९ वैशाख/सिन्ह्वा

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले विश्व खाद्य सुरक्षाका लागि पहल गर्नुपर्ने बताएका छन्। उनले केही वर्षयतादेखि विश्वमा खाद्य सुरक्षाका लागि पहल गर्नुपर्ने अवस्था देखिंदै आएको बताउँदै तर युक्रेन र रूसको द्वन्द्वका कारण पछिल्ला दिनमा समस्या झन् बढी देखिएको बताएका छन्।

विश्वमा दिन प्रतिदिन खाद्य सङ्कट बढ्दै गएको भन्दै यसका लागि केही गर्नुपर्ने उनले बताए। सबै देशलाई खाद्यान्न सुरक्षाका लागि पनि विशेष खालका कार्यक्रमहरू लक्षित गर्न आग्रह गरेका छन्। उनले अहिले विश्वमा खाद्य असुरक्षा बढ्दै गएको र त्यस्तै अवस्था आफूले हालै गरेको युक्रेन र रूसको भ्रमणका क्रममा पनि देखिएको भन्दै यसका लागि केही गर्नुपर्नेमा उनले सबैलाई आग्रह गरेका हुन्।

हिजो भियनामा आयोजित पत्रकार सम्मेलनमा उनले सो कुरामा जोड दिएका थिए। रूस–युक्रेन द्वन्द्वका कारण यहाँ इन्धनको आपूर्तिमा समस्या देखिएको र त्यसबाट उत्पन्न भएको समस्याबाट हाल ती दुर्ई देश मात्र नभएर बाहिरी विश्व पनि समस्यामा परेको महासचिव गुटेर्रेसको भनाइ छ। रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here