काबुल, २३ वैशाख/एएनआई

अफगानिस्तानमा चरम खाद्य सङ्कट देखिएको छ । दुर्ई करोड  बीस लाखभन्दा बढी मानिस गम्भीर भोकमरीबाट ग्रस्त छन् । त्यो जनसङ्ख्या देशको कुल जनसङ्ख्याको आधाभन्दा बढी हो ।  करीब ९७ प्रतिशतभन्दा बढी अफगानी खाद्यान्न अभावबाट प्रभावित रहेको पनि  संयुक्त राष्ट्रसङ्घले जनाएको छ । 

गत वर्ष अगस्तमा तालिबानले अफगानिस्तान नियन्त्रणमा लिएपछि जीवनयापन र खाद्यान्नको मूल्य आकाशिएको छ । अफगानी अखबारको रिपोर्टले विश्व बैंकको निष्कर्षलाई उद्धृत गर्दै तालिबानले सत्ता कब्जा गरेपछि जनताको आम्दानी लगभग एक तिहाइले घटेको देखाएको छ ।

मार्च २०२२ मा अफगानिस्तानमा संयुक्त राष्ट्रसङ्घको विश्व खाद्य कार्यक्रमले काबुलमा ३७६,१३९ मानिसलाई आर्थिक र खाद्य सहायता प्रदान गरेको देखाएको छ ।

विश्लेषकहरूले औंल्याए अनुसार धेरैजसो अफगानीका लागि ईद–उल–फित्र (संसारभरका मुस्लिमहरूले ईद–उल–फित्र मनाउने) भएकाले आफ्नो परिवारलाई यथेष्ट भोजनको व्यवस्था गर्नु ठूलो सङ्घर्षपूर्ण रह्यो ।

इस्लामिक इमिरेट्स अफ अफगानिस्तान नियन्त्रित सरकारलाई अन्तर्राष्ट्रिय अर्थतन्त्रबाट अलग गरिएको छ ।

अगस्तमा काबुलको पतन र अमेरिकी सैनिक फिर्ता भएपछि अफगानिस्तानको तालिबान सरकार अन्तर्राष्ट्रिय अर्थतन्त्रबाट एक्लिएको छ । जसले गम्भीर आर्थिक सङ्कट, गरीबी र स्वास्थ्य सेवालगायत आवश्यक सार्वजनिक सेवाहरूको पहुँच गुमाएको छ । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here