प्रस, पोखरिया, १६ वैशाख/

बोल्न नसक्ने दस वर्षीया ललिता कुमारीलाई प्रहरीले उद्धार गरी परिवारको जिम्मा लगाएको छ । जगरनाथपुर गाउँपालिका–२ लक्ष्मीपुर निवासी प्रह्लादप्रसाद यादवकी दस वर्षीया छोरी ललिता बिहीवार दिउँसोदेखि हराएकी थिइन् ।

बोल्न नसक्ने ती बालिकालाई भारतीय सीमा दसौतानजीकबाट जानकीटोला प्रहरी चौकीले उद्धार गरेको थियो ।

उनलाई उद्धार गरी इलाका प्रहरी कार्यालय, पोखरियामा पठाएको आज परिवारको जिम्मा लगाइएको प्रहरी निरीक्ष्Fक आयुषप्रसाद जोशीले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here