प्रस, वीरगंज, १६ वैशाख/

रोजगारको लागि स्वदेशमैं थुप्रै अवसर छन् । विदेशमा गएर सानोभन्दा सानो काम गर्न सक्ने तर स्वदेशमैं भएका अवसरलाई नचिन्दा वैदेशिक रोजगारमा जानेहरूको भीड बढेको छ । पर्सा जिल्ला, जगरनाथपुर गाउँपालिकाका सुनील साह अहिले वैदेशिक रोजगारमा जाने युवाहरूको लागि उदाहरण बनेका छन् ।

साहले ४५ हजारमा कुटानी गर्ने मेशिन खरीद गरेका छन् र आफ्नो पुरानो मोटरसाइकलमा मेशिन र भुटेको चना राखेर घरघरमा चनाको सतुवा बिक्री गर्दै हिंडेका छन् । उनले घरघरमा दैनिक पचास किलो चना बिक्री गरिरहेको बताए । उनले चना खरीद गरी भुटेर राखेको चना घरघर गई ग्राहकको सामुन्ने पिसेर हातोहात रु २२० प्रतिकिलोमा बिक्री गरिरहेका छन् । गर्मीमा पर्सा जिल्लामा सतुवाको माग बढी हुन्छ । अहिले उनलाई वीरगंजमैं भ्याइनभ्याइ छ । डेढ साताअघिदेखि उनले यो रोजगार शुरू गरेका हुन् ।

घरघरमा गएर हातोहात शुद्ध चनाको सतुवा पिसेर दिंदा मानिसहरू मिसावटबाट जोगिएको र शुद्धताको कारण सहज खरीद गर्दै आएको साहले बताए । बजारमा पाइने सतुवामा मिसावट हुने गरेकाले आफूले यसरी बिक्री गर्दा मानिसहरू विश्वस्त भएर खरीद गर्ने गरेको र यस्तो गर्दा आफ्नो रोजगार पनि चलेको उनको भनाइ छ ।

Website | + posts

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here