प्रस, वीरगंज, १५ वैशाख/
सिमरा विमानस्थलबाट अब राति १२ बजेसम्म उडान सेवा सञ्चालन हुने भएको छ ।
नेपाल उड्डयन प्राधिकरणले वैशाख १६ गतेदेखि सिमरा विमानस्थललाई राति १२ बजेसम्म उडानको लागि स्वीकृति प्रदान गरेको छ । यसअघि सो विमानस्थल साँझ ६ बजेसम्म मात्र खुला हुने गरेको थियो ।
सिमरा–काठमाडौं नियमित उडान आठदेखि दशवटासम्म गरेको छ । एक महीनाअघिसम्म पोखराको लागि उडान हुँदै आएको थियो । यात्रुको कमीको कारणले अहिले सो उडान बन्द भएको छ ।
यसअघि विराटनगरका लागि पनि यहाँबाट उडान सेवा थियो तर यात्रुको चाप कम भएपछि रद्द गरिएको थियो । ‘जाउँ है पोखरा’ अभियानसँगै पोखराको लागि सातामा दुई दिन उडान सेवा थियो । राति १२ बजेसम्म उडान स्वीकृति पाएको सिमरा विमानस्थल अब १८ घण्टा खुला रहनेछ ।