मस्को, १३ वैशाख/एएनआई

रूसी विदेशमन्त्री सर्गेई लाभरोभले सोमवार युक्रेनले शान्ति वार्ताको पालना नगरेमा तेस्रो विश्वयुद्धको सम्भावना रहेको चेतावनी दिएका छन् ।

लाभरोभले विभिन्न रूसी समाचार एजेन्सीहरूसँग कुरा गर्दै शान्ति वार्तामा युक्रेनको दृष्टिकोणको आलोचना गरेको मस्को टाइम्सले उल्लेख गरेको छ । उनले भने, “सद्भावनाको सीमा हुन्छ । तर यदि यो पारस्परिक छैन भने यसले वार्ता प्रक्रियालाई मदत गर्दैन ।”

टर्कीको इस्तानबुलमा रूस र युक्रेनबीच भर्खरै भएको बैठकमा लाभरोभले कीभले अघिल्लो अडानबाट बाहिरिएको सम्झौताको मस्यौदा प्रस्तुत गरेको उल्लेख गरेका छन् ।

यसबाहेक लाभरोभले रूसले युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले तोकेको टोलीसँग वार्तामा संलग्न हुने कुरामा जोड दिएका छन् ।

तर उनले जेलेन्स्कीले भने शान्ति वार्ताको नाटक मञ्चन गरिरहेको आरोप लगाएका छन् ।

लाभरोभले तेस्रो विश्वयुद्धको खतरा  बाहिर सुनिए जत्तिकै वास्तविक रहेको  समेत चेतावनी दिएका छन् ।

खतरा गम्भीर छ, र यो वास्तविक हो, उनले भने ।  

जर्मनीले युक्रेनलाई ट्याङ्क वितरणको अनुमति दिने

बर्लिन/एएफपी

जर्मनीले युक्रेनलाई ट्याङ्कहरू पठाउने अधिकार दिने एक सरकारी स्रोतले मङ्गलवार एएफपीलाई  बताएको छ ।   योसँगै कीभको लागि सैन्य समर्थनमा बर्लिनको सतर्क नीतिमा स्पष्ट परिवर्तन हुनेछ ।

यो पुष्टि मङ्गलवारपछि रमस्टेनको अमेरिकी एयरबेसमा रक्षामन्त्रीहरूको अन्तर्राष्ट्रिय बैठकमा घोषणा हुने स्रोतले  बताएको छ । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here