प्रस, वीरगंज, १२ वैशाख/

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि उम्मेदवारी दर्ता गराउन पुगेका दलहरूले जुलुसमा बालबालिकाहरूको प्रयोग गरेका छन्।

आचारसंहिताविपरीत दलहरूले ससाना बालबालिकाहरूलाई बाजागाजा तथा –यालीमा दलको झन्डा बोकाइ डिजे र बाजामा नृत्य गर्नसमेत लगाएका थिए। मधेस प्रदेशका अधिकांश जिल्लामा यस्तो गतिविधि देखिए तापनि सरोकारवाला निकायले यस्तो विकृतिलाई नियन्त्रण गर्न सकेको छैन।

पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिराहा, सप्तरी गरी आठवटै जिल्लामा यस्तो गतिविधि देखिएकोप्रति बालबालिकाको हकअधिकारको क्षेत्रमा काम गर्ने गैरसरकारी संस्थाले गुनासो गरेका छन्। चुनावको बेला बालबालिकालाई चुनाव प्रचार, सभा, जुलुस, गोष्ठी, अन्तत्र्रिmया, मतदानलगायतका काममा प्रयोग गर्न नहुने र बालबालिकालाई उपयोग गर्ने दलहरूलाई कारबाई हुनुपर्ने अधिकारकर्मीहरूको भनाइ छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here