प्रस, रौतहट, १२ वैशाख/
वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि गौर नगरपालिकामा नेकपा एमालेबाट नगरप्रमुख पदमा अनिलकुमार मिश्र र उपप्रमुखमा अमबेया खातुनले उम्मेदवारी दर्ता गराएका छन्।
एमालेबाटै वडा नं १ मा अध्यक्ष पदमा अमितकुमार ठाकुर, २ मा विवेक पटेल, ३ मा कमलेश मिश्र, ४ मा विन्देश्वर पण्डित, ५ मा महेन्द्र झा, ६ मोहमद मुर्तुजा, ७ मा यार महम्द खाँ, ८ मा परमात्माकुमार नेपाल र ९ मा सरोज सिंहले उम्मेदवारी दर्ता गराएका छन्।
गौर नगरपालिकाको नगरप्रमुख र उपप्रमुख पदमा नेपाली काङ्ग्र्रेसतर्फबाट मोहन यादव र शाहजहा खातुनले उम्मेदवारी दिएका छन्।
गौर नगरपालिकामा नेकपा एकीकृत समाजवादीबाट नगरप्रमुख पदमा शम्भु साह र उपप्रमुखमा शैलकुमारी देवीले मनोनयनपत्र दर्ता गराएका छन्।
दुर्गाभगवती गाउँपालिकामा नेकाको तर्फबाट अध्यक्ष पदमा अरुण साह र उपाध्यक्ष पदमा मञ्जु देवीले उम्मेदवारी दर्ता गराएका छन् भने वडा १ मा सुरेश चौधरी, २ मा प्रद्युम्न चौधरी, ३ मा धीरेन्द्र केशरी, ४ मा रामबाबू यादव र ५ मा धर्मनाथ चौधरीले उम्मेदवारी दिएका छन्।
राजदेवी नगरपालिकाको प्रमुख पदमा एमालेबाट अंशु सिंह, काङ्ग्रेसबाट धीरेन्द्र सिंह र जसपाबाट अविनाश सिंह, नेकपा एसबाट भिखारी यादव, लोसपाबाट नवल साह, माओवादीबाट राजाराम साह र जनमतबाट अशोक सिंहले उम्मेदवारी दर्ता गराएका छन्।
माधवनारायण नगरपालिकाको प्रमुख पदमा जसपाबाट वीरेन्द्रप्रसाद यादव, काङ्ग्रेसबाट बैजुप्रसाद यादव, एमालेबाट उपेन्द्र साह, लोसपा नेपालबाट लीलाप्रसाद साह, नेकपा माओवादीबाट देवनारायण भगतले उम्मेदवारी दिएका छन्।