अबुजा, ११ वैशाख/सिन्ह्वा

नाइजेरियाको दक्षिण प्रान्तमा इमोमा रहेको एउटा तेल प्रशोधन केन्द्रमा भएको विस्फोटमा १०० जनाभन्दा बढीको ज्यान गएको अधिकारीहरूले जनाएका छन् । नाइजेरियाका अधिकारीहरूका अनुसार तेल प्रशोधन केन्द्र विधिवत् दर्ता नभई अवैधरूपमा सञ्चालित रहेको बताइएको छ ।

इमो प्रान्तका प्रहरी प्रमुखले सो प्रशोधन केन्द्रमा शुक्रवार अबेर राति विस्फोटन भएको थियो । त्यस क्रममा काममा रहेका १०० जनाभन्दा बढी कर्मचारीको ज्यान गएको छ । उक्त प्रशोधन केन्द्रमा काम गरिरहेका बखत अकस्मात् आगलागी भएको र लगत्तै विस्फोट भएको थियो । त्यसमा परेर अरू केही व्यक्ति घाइते पनि भएका छन् ।

उक्त केन्द्र प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान जारी राखेको बताइएको छ । अवैधरूपमा सञ्चालित सो तेल प्रशोधन केन्द्रमा आवश्यक सुरक्षा मापदण्ड पालना नगरिएकोले यो दुर्घटना भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here