प्रस, वीरगंज, ८ वैशाख/

वीरगंज महानगरपालिकामा नेकपा एमाले, पर्सा र लोकतान्त्रिक समाजवादी पार्टी, पर्साबीच चुनावी तालमेल भएको छ ।

बिहीवार आयोजित कार्यक्रममा एमाले, पर्साका अध्यक्ष जयप्रकाश थारू र लोसपा, पर्साका अध्यक्ष पुरुषोत्तमलाल झाले स्थानीय तहको निर्वाचनमा एमाले र लोसपाले तालमेल गरेर वीरगंज महानगरपालिकामा चुनाव लड्ने घोषणा गरे ।

दुवैले सहमतिपत्रमा हस्ताक्षर पनि गरेका छन् । सहमतिपछि महानगरमा दुवै पार्टीले सहमतिका आधारमा उम्मेदवार चयन गर्ने बताइएको छ ।

कार्यक्रममा नेकपा एमालेका सचिव एवं मधेस प्रदेश इन्चार्ज रघुवीर महासेठ, पोलिटब्यूरो सदस्य एवं सहइन्चार्ज पुरुषोत्तम पौडेल, लोसपाका नेता लक्ष्मणलाल कर्ण, विमल श्रीवास्तव, लोसपा, पर्साका इन्चार्ज रमेश पटेल, प्र्रदेशसभा सदस्य प्रह्लाद गिरी, एमाले, पर्साका इन्चार्ज प्रभु हजरा, केन्द्रीय सदस्यद्वय राजकुमार गुप्ता, अरविन्द सिंहलगायतको सहभागिता थियो ।

एमालेको निर्वाचन परिचालन कार्यालय उद्घाटन

प्रस, वीरगंज/

नेकपा एमालेका सचिव रघुवीर महासेठले नेता, कार्यकर्ताहरूलाई स्थानीय चुनावमा होमिन निर्देशन दिएका छन् ।

बिहीवार नेकपा एमाले वीरगंज महानगरको वडा नं १२ मा निर्वाचन परिचालन कार्यालय उद्घाटन गर्दै सचिव महासेठले स्थानीय चुनाव मुखमा आइसकेकोले एमालेलाई जिताउन आग्रह गरे । उनले पार्टीले दिएको जिम्मेवारीलाई इमानदारिताका साथ निर्वाह गर्दै एमाले उम्मेदवारलाई जिताउन सुझाए । कार्यक्रममा एमाले मधेस प्रदेशका सहइन्चार्ज पुरुषोत्तम पौडेल, पर्सा इन्चार्ज प्रभु हजरा, केन्द्रीय सदस्यहरू राजकुमार गुप्ता, अरविन्द सिंह र पर्सा अध्यक्ष जयप्रकाश थारू, वीरगंज महानगरका प्रमुख विजयकुमार सरावगीलगायतको सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here