वैशाख ३० गते निर्वाचन हुने कुरा निश्चितप्रायः भइसकेको छ । उम्मेदवारहरू चुनाव प्रचारप्रसारमा पनि लागिसकेका छन् । तर प्रचारको शैली अव्यक्त छ । भोट त मागिरहेका छन् तर उम्मेदवार पो हुन पाइने हो कि होइन भन्ने संशय मनमा घर गरेर बसेको छ । कारण गठबन्धनको केन्द्रीय सरकारको आयु यस निर्वाचन परिणामसँग नराम्ररी गाँसिएको छ । गठबन्धनका पाँच राजनीतिक दल एक्लो एमालेसँग प्रतिस्पर्धा गरेर जित्ने रणनीतिमा छन् । अन्यथा गठबन्धनको भविष्य अन्धकारमा पर्छ । सरकार त गठबन्धनको बन्यो तर विपरीत सिद्धान्त, विपरीत महŒवाकाङ्क्षा भएका कारण सबैको दाउ प्रमुख–प्रमुख स्थानीय तहमा आफ्नो उम्मेदवारलाई स्वीकृति पाइयोस् भन्ने दाउमा छन् । मुख्यतः देशका ६ महानगरपालिका र १७ उपमहानगरपालिकामा गठबन्धन सरकारका सबै दलहरूको आँखा छ । यी ठाउँमा गठबन्धनबीच मत्यैक्य हुन सक्यो भने सबै कुरा ठीकठाक हुन्छ, अन्यथा गठबन्धनको अर्थ रहँदैन । गठबन्धन गर्दा कार्यकर्ता निराश हुने, नगर्दा पाएको पद गुम्ने दुरधिसन्धिमा गठबन्धन दलहरू परेका छन् ।
तर गठबन्धन हुने–नहुने कुरा अहिलेसम्म प्रस्ट भइसकेको छैन । गठबन्धनविना आफ्नो अस्तित्व खेर जाने देखेका पार्टी–नेताहरूको आफ्नो छटपटी छ । कुनै काकताली परेर निर्वाचन नै किन नसार्नु परोस्, गठबन्धन चाहिं अपरिहार्य देखेका यी साना–कमजोर दलहरूले गर्दा गठबन्धनलाई बाध्यता बनाइरहेको छ । गठबन्धन केही ‘तेरो केही मेरो’बीचको सम्झौता हो । तर नेपालका नेताहरू त सेरोफेरो सबै मेरो भन्ने सिद्धान्तमा विश्वास गर्छन् । अप्ठ्यारो त्यहीं परेको छ । यस अप्ठ्यारोले गर्दा उम्मेदवारहरू खुलेर आफ्नो पक्षमा प्रचार गर्न सकिरहेका छैनन् । आज मेहनत ग¥यो भोलि उम्मेदवार नै बन्न नपाउने आशङ्काले गठबन्धित दलका उम्मेदवारहरूमा हताशा बढ्दै गइरहेको छ । अब निर्वाचनका लागि जम्मा २६ दिन बाँकी छ । एमाले एक्लै वा कुनै सानो दलसँग मिलेमतो गरी चुनावमा जाने हुनाले उसका उम्मेदवारहरूलाई त्यति सा¥हो चिन्ता छैन । तर प्रतिपक्षी गठबन्धनको रणनीति नआइसकेको अवस्थामा उसले पनि उम्मेदवार घोषणा गर्न सकेको छैन । हुनत उम्मेदवारको घोषणा पार्टीले जुन बेला पनि गर्न सक्छ, तर प्रतिपक्ष्Fी उम्मेदवारको भेउ नपाउन्जेल घोषणामा हतार गर्नु लाभदायक हुन सक्दैन ।
उम्मेदवारी नामाङ्कन गर्ने दिन एक हप्ता मात्र बाँकी छ । तर चुनावी अभियानमा होमिनेहरूका लागि एक हप्ता ठूलो समय हो । यस बेला उनीहरू निर्धक्क भएर प्रचारप्रसारमा जान चाहन्छन् । तर अलमले नेताहरूको स्वार्थ पूरा हुने सम्झौता नटुङ्गिउन्जेल उम्मेदवार कार्यकर्ताहरूले धैर्य धारण गर्नैपर्छ । खासमा राजनीतिप्रति समर्पित कार्यकर्ताहरूका लागि समयको ठूलो महŒव हुन्छ । उनीहरूले जीवनभरि राजनीतिका लागि काम गरेका हुन्छन्, त्यस क्रममा उनका पार्टीगत र व्यक्तिगत समर्थक हुन्छन् । लामो समयको जनसेवाको फल पाउने अवसर पनि यही हो । उनीहरूको क्रियाशीलता कुण्ठित हुँदा निर्वाचन परिणाममा पनि प्रभाव पर्छ । गठबन्धन भनेको साना र कमजोर दलहरूका लागि प्रभावकारी चुनावी रणनीति हो । गठबन्धन आफैंमा निन्दनीय होइन, तर ठूला र स्थापित दलहरूले स्थानीय निर्वाचनमा समेत गठबन्धन गर्दा उनका धेरै कार्यकर्ता हकबाट वञ्चित हुन्छन् । यसले पार्टीगत सङ्गठनमा हानि पु¥याउँछ । बाँकी दलका नेताहरूले बुझ्ने कुरा हो ।