प्रस, वीरगंज, २६ चैत/

भारत सरकारले पर्साको ठोरी नाका भएर नेपाली सवारीसाधनलाई पनि सहजै आवागमन गर्न अनुमति दिएको छ । ठोरी नाकाबाट आठ किलोमिटरको दूरीमा अवस्थित सहोदरामाई मन्दिरमा लाग्ने मेलालाई मध्यनजर गर्दै भारत सरकारको गृह मन्त्रालयले नेपाली सवारीसाधनका लागि आवागमन खुला गरेको हो । बिहार क्षेत्र नं १ वाल्मीकिनगरका लोकसभा सदस्य सुनील कुमारको पहलमा सीमा क्षेत्रबाट आवागमन सुचारु गरिएको पर्साको ठोरीका सामाजिक अभियन्ता रामशरण लामिछानेले बताए ।

लामिछानेले पनि ठोरी नाका भएर भारतमा नेपाली सवारीसाधनलाई प्रवेश सुचारु गर्नुपर्छ भनेर लामो समयदेखि पहल गरिरहेका थिए । अन्ततः उनको प्रयास सफल भएको छ ।

उक्त स्थलमा लाग्ने मेलामा नेपालका मुक्तिनाथ, मुस्ताङ, मनाङ, सिन्धुपाल्चोकलगायतका विभिन्न स्थानबाट धार्मिक पर्यटक, बर्तालु एवं दर्शनार्थीहरू जाने गरेका छन् । विशेषगरी नेपालका विभिन्न स्थानबाट थारू समुदायको पनि मेलामा सहभागिता हुने गरेको चम्पारणका मोबिन अहमदको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here