ओमप्रकाश चौधरी, सेढवा, ९ चैत/

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पर्साको जीराभवानी गाउँपालिकामा नेपाली काङ्ग्रेस र नेकपा एमालेबीच प्रतिस्पर्धा हुने प्रारम्भिक अनुमान गरिएको छ । गत स्थानीय निर्वाचनमा भने नेकपा एमालेले बहुमत ल्याएको थियो तर यसपटक भने नेकासँग प्रतिस्पर्धा हुने अनुमान गरिंदैछ ।

पालिका अध्यक्षका लागि नेकपा एमालेबाट वर्तमान अध्यक्ष रामप्रीत महतोको दाबेदारी यथावत् छ । नेपाली काङ्ग्रेसबाट भने गत वर्षका प्रत्याशी स्व महादेवप्रसाद महतोका जेठा छोरा अनोज चौधरीको नाम चर्चामा छ । चौधरी फर्मामा स्नातकोत्तर गरी राजनीतिमा प्रवेश गरेका हुन् । उनी  सन् २०२२ को वीरगंज जेसीसका उपाध्यक्ष पनि हुन् ।

नेपाली काङ्ग्रेसबाटै अध्यक्षमा चौधरीका काकाका छोरा अर्जुन चौधरीको नाम पनि चर्चामा छ । त्यस्तै, नेकपा एमालेबाट वर्तमान उपाध्यक्ष उषादेवी थरुनी पुनः सोही पद दोहो¥याउने चर्चा छ । नेकाबाट भने उपाध्यक्षमा रेखा चौधरी, सरिता चौधरी र प्रतिमा खवासको नाम चर्चामा छ । गत स्थानीय चुनावमा रेखा चौधरी लडेकी थिइन् ।

यसैगरी, वडाध्यक्षमा नेकाबाट वर्तमान वडा नं १ का अध्यक्ष शेख नुमान आजमले दोहो¥याउने सम्भावना बढी छ ।  यो वडामा एमालेका रामशरण खवासको चर्चा बढी छ गत निर्वाचनमा खवास सात मतअन्तरले पराजित भएका थिए । वडा नं २ मा एमालेबाट गत निर्वाचनमा महादेव महतो थारू निर्वाचित भएका थिए । यो वडाबाट यसपटक नेकाबाट मोहनलाल चौधरी र ब्रह्मानन्द चौधरीको नाम चर्चामा छ । मोहनलाल गत निर्वाचनमा पराजित भएका थिए ।

वडा नं ३ को अध्यक्षमा एमालेबाट उमेशकुमार सिंहको नाम चर्चामा छ । उनी गत निर्वाचनमा फोरमबाट निर्वाचित भएका थिए भने यो निर्वाचनमा एमालेबाट लड्ने चर्चा छ । यो वडामा नेकाबाट गत निर्वाचनमा पराजित सुरजराय थारूकै चर्चा छ ।

वडा नं ४ मा एमालेबाट सुभाष राउत थारू र नेकाबाट राजेश्वर दास थारूको नाम चर्चामा छ । वडा नं ५ मा नेकाबाट दारासिंह राउत थारूको नाम चर्चामा छ । उनी गत स्थानीय निर्वाचनमा राप्रपाबाट निर्वाचित भएका थिए । एमालेबाट शिवजनम गौरो गत निर्वाचनमा पराजित भएका थिए । वडाध्यक्षमा यसपटक यो वडाबाट अहिलेसम्म थारूबाहेकको नाममा चर्चा चलिसकेको
छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here