एकजना मन्त्रीले प्रदेश २ को शिक्षाको अवस्था, अति पिछडिएको कर्णाली प्रदेशभन्दा पनि खराब रहेको बताएका छन् । शिक्षासँग सम्बन्धित संस्था प्याब्सन (निजी विद्यालयहरूको संस्था) ले आयोजना गरेको कार्यक्रममा मन्त्रीले उक्त कुरा बताउँदा प्रदेश २ झन् पिछडिएकोजस्तो भान हुन्छ । वास्तवमा प्रदेश २ सुविधासम्पन्न र सङ्घीय राजधानीपछि उन्नत ठाउँ हो । प्रदेश २ अन्य मामिलामा अगाडि रहे पनि शिक्षाको क्षेत्रमा दयनीय अवस्थामा हिंडिरहेकोले यस्तो भनिएको हो । यहाँको बाटोघाटो, यातायात, जीवनस्तर सबै राम्रो छ । थोरै मात्र मानिससँग जीवन निर्वाहको सम्बलको अभाव छ । करोडपति होइन, यहाँ अर्बौंपतिहरूको बसोवास छ । उद्योगहरूको ताँती यहीं छ । यसै प्रदेश भएर देशको पहिलो राजमार्ग खुलेको हो । यसै ठाउँमा देशकै पहिलो विमानस्थल छ । पूर्व–पश्चिम राजमार्गले यसै प्रदेशका थुप्रै ठाउँलाई उन्नति र प्रगतिको सूत्र सिकाएको छ । यहींको भन्सारबाट सर्वाधिक राजस्व सङ्कलन हुन्छ । अन्नको भण्डार यसै प्रदेशमा छ । तर पनि यहाँ शिक्षाको स्तर र अवस्था किन कमजोर भयो त ? यस विचारणीय प्रश्नमा सबैले, खासगरी प्रदेश २ का नागरिकले विचार पु¥याउनु आवश्यक छ ।

यस प्रदेशमा जनघनत्व बढी छ र थोरै जनसङ्ख्यामा भए पनि, विपन्नता बढी छ । जोसँग साधन छैन, सुविधा छैन, ज्याला–मजदूरी गरेर दुई छाकको गर्जो टार्नुछ, र परम्परादेखि जो शिक्षाको महŒवबाट अनभिज्ञ छ, शिक्षाको साटो पेट भर्नु जसको पहिलो आवश्यकता बनेको छ, त्यस्ताले गर्दा शिक्षामा सबैको पहुँच गा¥हो भएको छ । तर यसभन्दा पनि यहाँको शिक्ष्Fाको स्तर ज्यादै कमजोर छ । त्यसको पछि पनि गरीबी, निर्वाहमुखी सोच बढी जिम्मेवार छ । यसै प्रदेशबाट अधिसङ्ख्य युवा रोजगार खोज्दै विदेश पस्छन् । उनीहरू कसैगरी आजीविका कमाउन चाहन्छन्, पैसा कमाउने पालो पछि आउँछ । त्यस्ता व्यक्ति शिक्ष्Fाभन्दा प्रमाणपत्रमुखी बन्नु स्वाभाविक हो । प्रमाणपत्र हासिल गर्नु प्राथमिकतामा परेपछि शिक्ष्Fाप्रति विद्यार्थीको खासै रुचि रहन जान्न । अभिभावकहरू त झन् पुर्खाका पालादेखि निरक्ष्Fर छन्, तिनलाई पनि प्रमाणपत्र भए पुग्छ । यसरी विद्यार्थी र अभिभावकको अभीष्ट प्रमाणपत्र मात्र भएपछि शिक्षा कमजोर हुने नै भयो । कहाँसम्म देखिएको छ भने आफ्ना विद्यार्थीलाई परीक्षामा उत्तीर्ण गराउन अभिभावक र शिक्षकहरू स्वयं चिट–व्यवस्थापनमा संलग्न हुन्छन्।

हाम्रो समाजका ठूलाबडाहरू समस्या तेर्साउन निकै सिपालु हुन्छन् । मन्त्रीले शिक्ष्Fाको स्तरप्रति दुःख व्यक्त गर्नु धन्यवादको कुरा हो, तर त्यस क्ष्Fेत्रमा काम गर्ने व्यक्तिमध्ये मन्त्री पनि त एक हुन् । समस्या देखाएपछि समाधानको बाटो सुझाउने, त्यसका लागि अग्र पङ्क्तिमा रहेर योजना बनाउने, जनमत तयार पार्ने काम पनि उनैको हो । किनकि मन्त्रीले भनेको नागरिकले सुन्छ, उसले समस्या समाधानमा चाख देखाउँदा, अरूको मनमा पनि सो अनुरूप गर्ने जाँगर पलाउँछ । तर हाम्रा मन्त्रीहरू यस्तो हुनुपर्छ, यस्तो गर्नुपर्छ मात्र भन्छन् । गर्नका लागि अघि सर्दैनन् । त्यसैले उनीहरूका अभिभाषणले ताली जतिसुकै खाओस्, उपलब्धि प्राप्त हुँदैन । समाजले केही पाउन सक्दैन । यद्यपि समाज विकासको लागि एकजना मन्त्रीले गरेर केही हुने होइन, यसका लागि नागरिक समाज पनि हातेमालो गरेर अघि बढ्नुपर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here