• समीर पाख्रिन

हवल्दार ः झिल्के, आज मेरो ड्युटी गर्ने मूड छैन । यसैले म डेरातिर लागें । गस्ती आएर सोध्यो भने विसन्चो भएर घर गएको छ भनी दे है ।
झिल्के ः हस् हस् हवल्दार साप । गएर मज्जाले आराम गर्नाेस् । ड्युटी गर्नलाई म छँदै छु नि।
हवल्दार ः ल ल राम्ररी ड्युटी गर् है । म लागें ।
इमान सिंह लुरुलुरु डेरातिर लाग्छ ।

०००

समय ः अपराह्नको दुई बजेको छ । स्थान ः इमानसिंह हवल्दारको डेरा । सुशीला र घरबेटी बज्यैबीच वादविवाद चर्कंदै जाँदा दुवै हातपातमा उत्रन्छन् ।
घरबेटी–बज्यै ः एई हवल्दार्नी बहिनी, मैले तीन/चार दिनदेखि याद गर्दैछु । तिमी आमाछोरीले दिनदिनै गुन्टाका गुन्टा कपडा धोइरहेका छौ । मोटर लगाएर भरेको टङ्कीको पानी त तिमी आमाछोरीलाई नै ठीक्क हुने भो त हँ ? हामीलाई चाहिंदैन ? गर्न पाए भन्दैमा अचाक्ली त गर्नुभएन है ।

सुशीला ः (जुरुक्क उठेर) ए घरबेटी बज्यै १ तिमीले भन्न खोजेकी के हो ? अब तिम्रो घरमा कपडा पनि धुन नपाइने ?
घरबेटी–बज्यै ः पाइन्छ, तर धोबिनीले जस्तो गुन्टाका गुन्टा होइन । यता हे¥यो कपडा, उता हे¥यो कपडा । धोबीधोबिनीको घरजस्तो । आफन्त आउँदा पनि लाजै भइसक्यो ।
सुशीला ः एई बूढी, लाज हुने के कपडा सुकाएको छु ल देखाऊ त ।
(पाखुरामा समातेर तान्दै)

घरबेटी–बज्यै ः एई हवल्दार्नी तँ ममाथि हात हाल्ने ?
बूढीले फनक्क फर्केर सुशीलाको चुल्ठो समात्छे र फनफनी घुमाउँछे । सुशीला झन् के कम उसले पनि बूढीको जगल्टा च्याप्प समातेर भएभरको बलले घुमाउन थाल्छे । अहिले भने घरबेटी बज्यैले घरबेटी बालाई गुहार्छिन् । घरबेटी बा हातपात भएको देखेपछि आत्तिदै तल ओर्लन्छन् ।
घरबेटी बा ः ए लौ न, हवल्दारको सन्तानले मार्न लागी मेरी बूढीलाई । एई हवल्दार्नी बहिनी, कति जोडले भुत्लाएकी हँ ? अलिक बिस्तारै भुत्लाए हुँदैन ?

सुशीला ः तिमी पनि नकराऊ है । बचेको दुई/चार वटा दाँत पनि झारिदिउँला नि । यी बूढाबूढीले सा¥है पो हेप्यो त हँ । (कपडा कुट्ने मुङ्ग्रो टिपेर) यसैले टाउको साउको फुटाइदिउँ कि क्या हो ।
घरबेटी बा ः होइन, किन जगल्टा नै समात्नुप¥यो त । समात्नै परे पनि अलिक बिस्तारै समाते पनि त हुन्छ । छोड, दिदी–बहिनी जस्तो मान्छे यसरी झगडा गर्दा समाजले के भन्छ ? अँ तँ पनि हिंड् ।
घरबेटी बाले बज्यैलाई पाखुरामा समातेर माथि कोठामा लग्छ ।

सुशीला ः सानो–सानो कुरामा किच्किच् गरेर बसिखान दिएन
यो बूढाबूढीले । भाडा पनि खानुपर्ने भाडावालालाई पनि देखी नसहेर
हुन्छ ?
इमान सिंह लखतरान अवस्थामा आँगनमा देखा पर्छ । सुशीलालाई फोहर लुगाको थुप्रो अघि झोक्राएर बसेको देखेपछि नजीकै गएर सोध्छ ।
इमान सिंह ः के भो ? किन यसरी झोक्राएर बसेकी ?

सुशीला ः यो घरबेटी बूढीले हुँदाहुँदा कपडासमेत धुन नदिने भो ? धोबिनीले जस्तो गुन्टाका गुन्टा कपडा धोयो भनेर भुत्लाउन आएकी थिई ।
इमान सिंह ः ल ल भैगो । हिंड् भित्र ।
सुशीलालाई पाखुरामा समातेर कोठाभित्र लिएर जान्छ ।

०००

समय ः बिहानीपख । स्थान ः लिङ्क रोड । उषा, मनीषा र कृष्णा गफ गर्दै क्याम्पसतिर गइरहेका छन् ।
मनीषा ः उषा तँलाई त हिजो नयाँ बाइकमा पो देखेकी थिएँ त । अङ्कितले पनि बाइक किनेको हो ?
उषा ः किन्छ त्यो भुखमरीले ।
मनीषा ः त्यसो भए बाइकवाला भेट्टाइस् कि क्या हो ?

उषा ः छिः त्यस्तो केही होइन, साथी हो के ।
कृष्णा ः वीरगंजकै हो ?
उषा ः होइन, हेटौंडा नवलपुरको ।
मनीषा ः फोटो होला नि त हेरौं न ।
उषा ः (मोबाइल निकालेर देखाउँदै) यही हो ?
मनीषा ः मान्छे त हीरो रहेछ नि उषा ।
कृष्णा ः हो उषा । प्रोपोज गरिहाल् ।
तीनैजना क्याम्पस हाताभित्र प्रवेश गर्छन् । क्रमशः

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here