- समीर पाख्रिन
सुशीला ः परैहरूलाई नपुग्दो के छ ?
इमानसिंह ः अँ उनीहरूको कुरा गरेर हुन्छ ? उनीहरू त ताजा फलफूलका जुस पिउँछन् । हामीजस्तो विषादि हालेको तरकारीसित एक राश भात हसुर्छन् र ?
०००
समय ः बेलुकी पख । स्थान ः अङ्कितको अर्काे साथी पप्पुको निवास ।
अङ्कित पप्पुको घर पुग्दा उसका पिताजी बाहिर घाम तापिरहेका हुन्छन् । अङ्कितले पप्पुको पिताजीको पाउ स्पर्श गर्छ ।
पप्पु ः अङ्कित, कति कामले आइस् ?
अङ्कितले पप्पुलाई समातेर केही वर ल्याएर साङ्केतिक भाषामा सबैकुरा बताउँछ ।
पप्पु ः बाइक त छ तर कन्डिशन ठीक छैन ।
अङ्कित ः के समस्या छ ?
पप्पु ः अरू त खास केही होइन । बेला बेलामा स्टार्ट आफैं बन्द हुन्छ ।
अङ्कित ः के भो त म बिस्तारै जाउँला नि !
पप्पु ः लग्ने भए लै जा, तर भोलि दुःख दियो भने मलाई दोष दिन पाउँदैनस् नि !
अङ्कित ः खोइ कहाँ छ ?
पप्पुले बाइक बिस्तारै डो¥याउँदै बाटोमा निकाल्छ ।
पप्पु ः तेल हाल्नुपर्दैन फूल टैंकी छ ।
अङ्कित ः थैक्यू पप्पु । म अहिले लागे त है !
खुसीले गद्गद् हुँदै बाइक स्टार्ट गर्छ र बिस्तारै प्रस्थान गर्छ ।
समय ः रात परेको छ । स्थान ः अङ्कितको घर ।
अङ्कित गद्गद् हुँदै उषासित फोनमा गफ गर्दैछ ।
अङ्कित ः उषा, बाइक म्यानेज भयो । अँ भोलि कति बेला भेट्ने ? ए तिमी मलाई एम्बेसी चोकमा पर्खन्छौ ? ल, ल, म ठीक आठ बजे एम्बेसी चोक आइपुग्छु है । ओके बाइ–आइ लभ यु टु ।
०००
समय ः बिहान । स्थान ः पथलैया हेटौडा सडकखण्ड ।
मनीषा , सुषमा र उनीहरूका दुईजना प्रेमीहरू पथलैया–हेटौंडा सडकखण्डमा रहेको ३ नम्बर पुलको एउटा पसलमा बसेर कोल्ड ड्रिक्स पिउँदै अङ्ंिकत र उषाको प्रतीक्षा गरिरहेका छन् ।
मनीषा ः खै ? उषा र अङ्कित त यतिन्जेल पनि आइपुगेनन् । ( मोबाइलमा) कहाँ हो तिमीहरू? हामी ३ नम्बर पुलमा पर्खेर बसेका छौ छिट्टो आओ ।
युवक –१ ः मोटरसाइकल नै खटारा होला । नत्र हामी यहाँ बसेको आधा घण्टा भइसक्यो खै आइपुगेको ?
युवक– २ ः त्यही त ।
सुषमा ः त्यो उषा, एउटा बाइक् पनि नभएको केटासित के लभ गरेकी होली ।
युवक –१ ः लभ गर्न बाइक नै चाहिन्छ र ? लभ त एकार्कालाई मन पराएपछि हुने होइन र सुषमा ?
सुषमा ः जब मैले तिमीलाई क्याम्पस अगाडि एफजेट बाइकमा पहिलोचोटि देखें– ‘आइ फेल इन लभ’ ।
युवक–१ ः यु मिन यु आर नट लभिङ मी, यु आर लभिङ माइ बाइक । एम आइ राइट ?
मनीषा ः छि ः यिनीहरू एक छिन चुप लागेर बस्न नसक्दा रहेछन् । हामी हिंड्दै गर्ने हो कि ?
युवक –२ ः हो हो फर्कन लेट हुन्छ । बरु हेटौडा नै पुगेर पर्खौं ।
सबैजना बाइक चढेर प्रस्थान गर्छन् ।
०००
क्रमशः