• वैधनाथ श्रमजीवी

यस वर्ष मनसुन चाँडै नेपाली आकाशमा प्रवेश ग¥यो । प्रशस्त पानी प¥यो । नेपाली किसान निकै हर्षित थिए । प्रमुख बाली धान निकै राम्रो हुने भयो । किसानहरू त्यही धानबाट हुने आयले आफ्नो सम्पूर्ण खर्च चलाउने गर्छन् । उनीहरूले विभिन्न वित्तीय संस्थाहरूबाट लिएका ऋण, व्द्यिालयमा छोराछोरीको पढाइबापत तिर्नुपर्ने मासिक तथा वार्षिक शुल्कहरू, घरपरिवारमा भएका दीर्घरोगीहरूको औषधि, विवाह गर्नुपर्ने छोरीहरू, विभिन्न ठाउँमा तिर्नुपर्ने सापटी रकम सबै व्यवहार त्यही धान बेचेर गर्ने गरेका छन् ।

यस वर्षको धान खेती राम्रो भएकोले सबै व्यवहार सजिलै सम्पन्न होला भन्ने सपना बुनेर दिन काटिरहेका किसानहरूको सम्पूर्ण इच्छा–आकाङ्क्षा चुरचुर हुन पुगेको छ । गएको आइतवारदेखि आएको ठूलो वर्षाले किसानहरूलाई इन्तु न चिन्तु बनाइदिएको छ । धान पाकेर ठिक्क भएको बेलामा आएको वर्षा किसानहरूको लागि काल नै बनेर आयदियो । कतिपय किसानले धान काटेर खेतमा सुक्नको लागि राखेका थिए । पानी चार दिनसम्म यति धेरै प¥यो कि खेत जलमग्न भए र धान खेतमैं कुहिएर बर्बाद भयो । कतिपय खेतमा धान उम्रेको अवस्था हेरेर किसानहरू छाती पिटिपिटी रुने अवस्था निम्तिएको छ ।

त्यसैगरी केराको खेतीतिर आकर्षित भएका किसानहरू पनि अहिले बर्बाद भएका छन् । पानी र त्यससँगै आएको हुरी–बतासले फल बाहिर आइसकेको केराका बोटहरू ढलेर सम्पूर्ण लगानी बर्बाद गरिदिएको छ । यस्तोमा किसानले नेपाल सरकारसँग गरेको बीमा कार्यक्रमले समेत सहयोगी भूमिका नखेलेकोमा किसानहरू चिन्तित हुन पुगेका छन् । बीमा कार्यक्रमले केवल खेती गर्दाको बेला लागेको लगानीको मात्रै क्षतिपूर्ति दिने गरेकोले बिरुवा हुर्काउनेदेखि फलेसम्मको खर्च तथा हुन गएको नोक्सानीको क्ष्तिपूर्ति नदिने हुँदा किसानहरू निकै मारमा परेका छन् । यस्तोमा किसानहरूको बिचल्ली भएको छ ।

चार दिने वर्षात्ले गर्दा सम्पूर्ण देशकै जनजीवन पूर्णरूपेण अस्तव्यस्त हुन पुगेको छ । दुई सयभन्दा बढी ठाउँमा आएको पहिरोले गर्दा एक सयभन्दा बढी नागरिकको ज्यान गइसकेको छ भने सयौं अझै बेपत्ता छन् । एक दर्जन जति सडक बन्द भएको छ । कैयौं परिवारको पहिरोमा परेर जीवन पनि गुमेको छ । एकातिर प्राकृतिक विपत्तिमा परेर नेपालीहरूको अपार धनजनको क्षति भएको अवस्था छ भने अर्कोतर्फ संसद् पुनस्र्थापनाको अदालती निर्णयबाट बनेको देउवा सरकारले गएको बुधवार सय दिन पूरा गरेको छ ।

यस एक सय दिनमा नेपाल सरकारले जनहितमा एउटा पनि कार्य गर्न सकेको छैन । बरु देशलाई एकचोटी फेरि भागबन्डाको राजनीतिमा लिएर गएको छ । देशको लागि चाहिने जनशक्ति योग्यता र क्षमताको आधारमा छनोट गर्नुपर्नेमा एकचोटी पुनः भागबन्डाको आधारमा छनोट भएका छन् । यसले गर्दा छनोट गरिएका ती व्यक्तिहरूबाट निष्पक्षता तथा देश र जनताको सेवा गर्नेभन्दा पनि ऊ जुन पार्टीबाट मनोनीत भएको छ त्यो पार्टीको हितमा अथवा इशारामा काम गर्ने भएकोले जन अपेक्षित विकास निर्माण फेरि पनि नहुने कुरामा कुनै शङ्का छैन ।

यति बेला हामी एक्काइसौं शताब्दीमा छौं । यो समय भनेको विज्ञान र प्रविधिको प्रयोग गरेर राष्ट्रको प्रत्येक क्षेत्रलाई समुन्नत बनाउनुपर्ने हो तर हामी कहाँ यसको ठीक उल्टो अवस्था रहिआएको छ । हामी अझै पनि मध्ययुगीन प्रविधिले खेतीपाती गर्दैछौं । हाम्रो शिक्ष्Fा समय अनुसार, सुहाउँदो पाठयक्रममा आधारित हुन सकेको छैन । योग्यता, क्षमता तथा सीपभन्दा पनि हाम्रो सिकाइ केवल सैद्धान्तिक रट्टुमल (कण्ठस्थ पार्ने) कै तहमा रहेको छ । फलस्वरूप हातमा स्नातकोत्तर उत्तीर्ण गरेको प्रमाणपत्र भए पनि त्यो व्यक्तिले आत्मनिर्भरता अँगाल्नुभन्दा रोजगारको लागि ढोका–ढोकामा चहारेर हिंड्नुको विकल्प छैन ।

देशमा हाल बहाल रहेको शिक्षा, स्वास्थ्य, कृषि प्रणाली, व्यापारलगायत सबै कुरा सेवाभन्दा मुनाफामुखी देखिएको छ । उपभोक्ताको हकहितसँग सरोकारवालाको कुनै अभिरुचि रहेको देखिंदैन। यी सबैको कारण हाम्रो देशमा रहेको विद्यमान भ्रष्ट राजनीति नै हो । राजनीतिको कुरा गर्दा आगामी चैत वैशाखमा स्थानीय निर्वाचन हुने भएको छ । पाँच वर्ष अगाडि स्थानीय निकायको निर्वाचनताका राजनीतिक दल तथा तिनका उम्मेदवारहरूले चुनावी घोषणापत्रमार्फत जनतासँग निकै ठूल्ठूला विकास निर्माणको घोषणा गरेका थिए । कसैले स्मार्टसिटी बनाउने वाचासमेत गर्न भ्याएका थिए ।

यस्तै स्मार्ट सिटी वीरगंज पनि बन्ने घोषणा गरिएको थियो । तर वास्तविकता यसको ठीक उल्टो हुन गयो । यतिबेला वीरगंज अति अव्यवस्थित, दुर्गन्धित, लामखुट्टेको बिगबिगी भएको छाडा पशुहरूले प्रत्येक दिन बजारमा विभिन्न सवारी साधनदेखि बटुवासमेतलाई दुर्घटनामा पार्ने शहरको रूपमा स्थापित भएको छ । धूलो, धूवाँ तथा हिलोले व्यग्र भएको वीरगंज महानगरपालिकामा फेरि अब जनप्रतिनिधिहरूले झूटो बोलेर मत आकर्षण गर्ने समय आएको छ। वीरगंजको सबैभन्दा ठूलो समस्या भनेको साँघुरो सडक हो । निकै लामो समयदेखि सडक विस्तारको कुरा उठे पनि हालसम्म सडक विस्तारको कुनै काम हुन सकेको छैन । बरु सडक विस्तारको हल्लासँगै सडक किनारमा भएका घर, सटरधनीहरूसँग मोटो रकम उठाउने र सडक निर्माणको कार्य जसरी पनि रोक्ने कार्यले तीव्रता पाएको देखिन्छ । तलदेखि माथिसम्म नैतिकतामा आएको स्खलनले गर्दा प्राकृतिक हिसाबले धनी भएर पनि हाम्रो सुन्दर देश नेपाल गरीबी, बेरोजगार तथा भ्रष्टाचारले कुरूप देखिएको छ ।

मानिसको पाइला मङ्गल ग्रहमा पुगिसकेको बेला हामी धामी–बोक्सीमा तन्त्रमन्त्र, भूतप्रेत, भगवान्, स्वर्ग– नर्कजस्ता काल्पनिक अन्धविश्वासमा दरोसँग खुट्टा जमाएर बसेका छौं । यसै हप्ता महोत्तरी जिल्लाको हतिसरवा गाउँमा एकजना दलित परिवारको महिलालाई बोक्सीको आरोपमा कुटपिट गरी कपाल मुण्डन गरी मलमूत्र खुवाई गाउँ परिक्रमा गरी गाउँ निकाला गरेको घटनाले आधुनिक सभ्य मानवको टाउको लाजले भुतुक्कै पारे पनि रुढिवादीहरू ठूलै काम गरेजस्तो छाती चौडा पार्दै गर्वले प्रदर्शन गरिरहेका छन् ।

हाम्रो समाजमा जतिधेरै राजनीतिक परिवर्तन भए, विचारमा हुन सकेन । सबै परिवर्तनमा व्यक्तिको परिवर्तन हुन नसक्नुले समाजमा व्याप्त भ्रष्टाचार, अनैतिकता, जातीयता, अन्धविश्वास आदि मौलाउन पायो । हाम्रो समाजमा कसैले आफ्नो दोष स्वीकार गर्दैन । सबै आफ्नो दोष अरूको थाप्लोमा थोपर्छन् कि भाग्य, भगवान्को जिम्मा लगाएर आफू चोखिन्छन् । कति सजिलो छ १ कसैमाथि बर्बर अन्याय हुँदा अत्याचारीलाई नाङ्गेझार पार्नुभन्दा उसले भोगेको दुःख वा सुख उसको पूर्वजन्मको पाप वा पुण्य भन्नु जस्तो महामूर्खता अरू के होला ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here