राकेश यादव, रौतहट, ५ असोज/
जैविक विविधताको दृष्टिले अति संवेदनशील मानिएको चुरेको दोहनले तराईका खेतीयोग्य जमीन बगरमा परिणत भइरहेको छ । नदीजन्य पदार्थ ढुङ्गा, गिट्टी, बालुवा दोहनले बर्सेनि भूक्षय बढाइरहेको छ । चुरे दोहनले जमीनमा रहेको पानीको स्रोतसहित भूमिगत जलभण्डार, तालतलैया अनि सिमसारलाई पनि प्रत्यक्ष असर पु¥याइरहेको छ ।
पहाड र तराई जोड्ने सेतुका रूपमा रहेको यो संवेदनशील भूभाग हरेक वर्ष उजाडिन थालेपछि पर्यावरणीय सन्तुलन खलबललिनुका साथै जीवजन्तु, चराचुरुङ्गी र मानवबस्तीलाई पनि बसाइ सार्न बाध्य बनाइरहेको छ । चुरेले तराई र मध्यपहाडको कुल भूभागको करीब १३ प्रतिशत भूगोल ओगट्छ भने मुलुकको कुल जनसङ्ख्याको करीब ६० प्रतिशत जनसङ्ख्या प्रत्यक्ष/अप्रत्यक्ष यो क्षेत्रसँग जोडिएको विज्ञहरूको भनाइ छ ।
२०६१ असार २३ गते लगातार वर्षापछिको बाढीले रौतहट जिल्लाको चन्द्रपुर नगरपालिकामा रहेको चाँदी नदीले खैरा टोलका ९० वटा घर विस्थापित बनायो । राति पाँच घर बगाएर निमिट्यान्नै पा¥यो । बस्तीका मानिसको ८५ बिघा खेतमध्ये आधाजसो कटानमा प¥यो । बाढीबाट जोगिन गाउँका सबैजना खैरा टोलदेखि माथि डाँडामा चन्द्रपुर बजारमा बसे । खैरा टोलमा अहिले २/३ वटा पशु बाँध्ने गोठ मात्रै बचेको छ ।
नदीले धार बदलेपछि बस्ती बगाएको थियो । चुरेमा जथाभावी उत्खनन हुन थालेपछि नदीले धार बदलेको हो । अहिले चन्द्रपुर नगरपालिकाले चाँदी नदीको ढुङ्गा, गिट्टी, बालुवा उत्खनन गर्न अनुमति दिएको छ । अहिले खैरा गाउँका स्थानीयहरू चन्द्रपुर नगरपालिकामा रहेको चिडियादह टोलमा धेरैजनाले घर भाडामा लिएर बसेका छन् ।
हेर्दाहेर्दै सर्लक्क घर बगायो, मानिसहरू बाहिर निस्केर ज्यान जोगाए, सरसामानहरू केही निकाल्न पाएनन्, ज्यान जोगियो, त्यो नै धन्न भयो । खैरामा अहिले २/३ वटा पशु बाँध्ने गोठ मात्रै बचेको सो टोलका पीडितहरूले बताए । नदीले धार बदलेपछि बस्ती बगाएको हो । चांँदी नदी पश्चिम क्षेत्र भएर बग्थ्यो । चुरेमा जथाभावी उत्खनन हुन थालेपछि नदीले धार बदलेको हो । फेरि पनि दोहन गर्न अनुमति दिइएको छ ।
खैरा पारि चिडियादहमा केहीले घर बनाए भने केहीले घर भाडामा लिएर बसेका छन् तर नदी दोहन रोकिएको छैन । यस्तै किसिमले नदी दोहन भइरहयो भने यहाँ पनि २०६१ को घटना हुन सक्ने भन्ने त्रास खैरा टोलका स्थानीयहरूमा छ । सरकारले चुरे र नदी दोहनलाई रोकेन भने ठूलो दुर्घटना हुन सक्ने स्थानीयले बताए ।
अहिले पनि उनीहरू आफ्नो खेतमा नदी बगिरहेको टुलुटुलु हेर्न विवश छन् । शुरूमा घर बगाएको थियो, मानवीय क्षति भने भएन, राति नै घर छाडेर सबैजना परिवारसहित सुरक्षित स्थान सरे । नियम मिचेर जथाभावी दोहन गर्न थालेपछि नदी पश्चिमबाट पूर्व बग्न थाल्यो र सिङ्गो बस्ती नै विस्थापित बनाएको चन्द्रपुर नगरपालिकाका समाजसेवी केदार थापाले बताए ।
२०५० सालदेखि वर्षाको बेला बस्ती छेउको जमीन कटान गर्न थाल्यो । अहिले बाढी र डुबानको जोखिम बढेको छ । दोहन नरोकेसम्म समस्या बढ्दै जाने थापाले बताए । अहिले खैराको अस्तित्व समाप्त भएको छ, अब नाम मात्रै सीमित छ । यसको मुख्य कारण भनेको चुरे क्षेत्रका नदीको दोहन नै रहेको चन्द्रपुर नगरपालिका–५ का अध्यक्ष सञ्जय काफ्लेले बताए ।
खैरा बस्ती अन्नको भण्डार भनेर चिनिन्थ्यो र बस्तीभन्दा धेरै पश्चिमबाट चाँदी नदी बग्थ्यो । माथि चुरे शिरबाट दोहन हुन थाल्यो । चुरे अतिक्रमण र तस्करले दिनहँु दोहन गर्न थालेपछि नदीले धार बदलेको उनले बताए ।
खैरा गाउँलाई जोगाउन नसकेको र चाँदीले खैरा मात्र होइन दक्षिणका सिन्दुरेघारी, खौरा, बलरीलगायतका गाउँमा कटान गर्दै आएको रौतहट क्षेत्र नं ४ का काङ्ग्रेस सांसद देवप्रसाद तिमल्सिनाले बताए । गैंडाटारमाथि चुरेदेखि तल भागसम्म जथाभावी दोहन हुन थालेपछि चाँदीले धार परिवर्तन ग¥यो ।
पश्चिम क्षेत्रबाट बग्ने नदीले अहिले पूर्वपट्टि अर्को धार बनायो । चुरे पहाडबाट आउने नदीको पानी तराई–मधेसमा उब्जनी बढाउने स्रोत मानिन्थ्यो । चुरेबाट बगेर आउने पाँगो माटोले यस क्षेत्रलाई उर्वर बनाउँथ्यो ।
पछिल्लो समय जताततै खाडल र दोहनले बालुवा र साना गिट्टी बग्न थाल्यो र यसले तराई–मधेसमा हराभरा होइन उब्जनी कम र उजाड बनाएको सांसद तिमल्सिनाले बताए ।