प्रस, वीरगंज, ५ असोज/

नेपाल–भारत मानव विकासमैत्री सङ्घका अध्यक्ष सूर्य भुसालले मङ्गलवार वीरगंजमा पत्रकार सम्मेलन गरी नेपाल–भारतबीचको सम्बन्धलाई थप सुमधुर बनाउनुपर्ने बताएका छन् ।

उनले वर्तमान सन्दर्भमा नेपाल रभारत दुवै मित्रराष्ट्र सँगै मिलेर अगाडि बढ्नुपर्ने बताए । पत्रकार सम्मेलनमा अध्यक्ष भुसालले दुई देशबीच आर्थिक, धार्मिक र पारिवारिक सम्बन्ध रहेको बताए । कसैले चाहेर नेपाल र भारतबीचको ऐतिहासिक सम्बन्धलाई बिगार्न नसक्ने उनले ठोकुवा पनि गरे ।

उनले दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाएर मुलुकमा राजनीतिक स्थिरता कायम गर्नुपर्ने कुरामा जोड दिए । उनले नेपालको संविधान कार्यान्वयन गर्न आवश्यकता अनुसार संशोधन गर्दै जानुपर्ने बताए । यसो गर्दै गएको खण्डमा मात्र सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत हुन सक्ने उनको तर्क थियो ।

विकासको सवालमा दुवै देशले साझा एजेन्डा बनाएर अघि बढ्नुपर्ने कुरामा जोड दिंदै नेपाल–भारतबीचको सम्बन्ध बलियो बनाउन सबैले भूमिका खेल्नुपर्ने सुझाव दिए । दुई देशबीचको तिक्तता हटाउनुपर्ने र सकारात्मक ढङ्गबाट नेपाल र भारतबीचको सम्बन्धलाई रूपान्तरित अवस्थामा लैजानुपर्ने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here