प्रस, रौतहट, ४ असार/
जिल्ला प्रहरी कार्यालय, रौतहटले दुईवटा मोटरसाइकलसहित भन्सार छलीका करीब पौने २ लाख बराबरको मालसमान गौर भन्सार चलान गरेको छ।

प्रहरी चौकी मटियामहुलियाको टोलीले बेवारिसे अवस्थामा फेला परेको हिरोहोन्डा कम्पनीको ग्लेमर मोटरसाइकल अस्थायी प्रहरी पोस्ट महादेवपट्टिले बरामद गरेको २७० थान सौफि मदिरा, स्नात नगरपालिका–४ लतमरिबाट प्रहरी चौकी मठियाले बरामद गरेको प्लास्टिक, खैनी, हरलिक्स, चिनी तिरपाल, कपडा बिस्कुट गरी करीब १ लाख १० हजार मूल्य बराबरको सामान गरेर १ लाख ६८ हजार सामानसहित दुईवटा मोटरसाइकल शुक्रवार गौर भन्सार कार्यालय चलान गरिएको जिल्ला प्रहरी कार्यालय, रौतहटले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here