राष्ट्रियसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवार खिमलाल देवकोटाको विजयसँगै अहिलेसम्म बलवान् देखिएका प्रधानमन्त्री ओलीको तुजुक हराएको छ । जस्तोसुकै परिस्थितिमा आफूलाई दरोगरी उभ्याउन अहिलेसम्म सफल हुँदै आएका प्रधानमन्त्री ओलीका लागि यो निर्वाचन पार्टीगत र आत्मगत दुवै दृष्टिले महŒवपूणर् र प्रतिष्ठाको कुरा थियो । रामबहादुर थापा ॅबादल’ माओवादी केन्द्र छोडेर ओलीको शरण परेका थिए । यसबाट उनको सांसद पद खोसिएको त थियो नै, अल्पमतमा परेका प्रधानमन्त्रीलाई साथ दिएर उनले ओलीप्रति जुन वफादारी देखाएका थिए, त्यसको प्रतिफल पनि पाउन सकेनन् । थापा एकजना राजनीतिका नयाँ खेलाडीसँग हार खान पुगे । यद्यपि देवकोटा स्वतन्त्र उम्मेदवार भएपनि देशका चर्चित आर्थिक लेखक, व्यवस्थापन क्ष्ँेत्रका जानकार, विद्वान् व्यक्ति हुन् । र उनलाई ओलीविरोधी सबै राजनीतिक दलको साथ थियो । कुनै पनि देशको शासनसत्ताको अवस्था कस्तो छ भन्ने देखाउन मध्यावधि निर्वाचनले अहम् भूमिका खेलेको हुन्छ । प्रतिष्ठा र सरकारको सबै शक्ति खर्चेर पनि देशका प्रतिष्ठित नेतालाई जिताउन नसक्नुमा अन्यान्य कारणका साथै समग्रमा ओलीको प्रभाव घटेको देखिन्छ ।
यो सबक हो । सरकारसँग आफ्नै पार्टीका नेताहरू रुष्ट छन् । ताक पर्दा जसलाई पनि उपयोग गर्ने, काम सकिएपछि रछ्यानमा मिल्काउने प्रवृत्तिले अन्ततः ठोकर खानैपर्छ । बुद्धिमानी त अब आफ्नो कार्यनीति र सोचमा परिवर्तन ल्याउनु नै हो । किनकि राजनीतिमा कसैको पनि स्थायी हार वा स्थायी विजय हुँदैन । अहिले जुन परिस्थिति उत्पन्न भएको छ, त्यसको गन्तव्य अन्ततः मध्यावधि निर्वाचन नै हो । राष्ट्रपतिले नयाँ सरकार बनाउने आह्वान गरेकी छन् । हिजो अन्य प्रतिपक्ष्ँी दलहरू मिलेर सरकार बनाउन सकेका थिएनन् र संसद्मा विश्वासको मतमा पराजित ओली पुनः तेस्रो कार्यकालका लागि प्रधानमन्त्री बनेका थिए । यसपटक फेरि ओलीबाहेकको गठबन्धनको सरकार बन्न सकेन भने मध्यावधि निर्वाचनको विकल्प छैन । र निर्वाचन जित्नका लागि जनता रिझिनुपर्छ । बितेको तीन वर्ष बढीको कार्यकालमा ओली सरकारले आलोचित धेरै र प्रशंसनीय थोरैमात्र काम गरेको छ । भ्रष्टाचार बढेको छ, कोरोना व्यवस्थापनमा असफल साबित भएको छ, पार्टीमा विभाजन छ । हिजोको राष्ट्रवादी छवि धूमिल भएको छ । मध्यावधि निर्वाचन नहुँदा पनि सङ्घीयता वरण गरेको दोस्रो आम निर्वाचन अब धेरै दिन बाँकी छैन ।
यी सबै परिस्थितिमा प्रधानमन्त्री ओली यदि आफ्नो छवि सुधार्ने काममा लाग्दैनन् भने उनको पार्टीले सन्तोषजनक जीत हात पार्न सक्दैन । के ठेकान तबसम्म पार्टी नै एक ढिक्का रहन्छ कि रहँदैन ! अहिले देश आर्थिकरूपले जर्जर छ, सारा देश क्रियाहीन बनेको छ, कोरोना उपचारमा प्रयुक्त हुने खोपसमेत कमिशनले गर्दा प्रभावित भएको बेला अन्धो मतदाता पनि ओलीको समर्थनमा अघि नसर्ला १ सुशासनको नाममा प्रधानमन्त्री नै संलग्न रहेको स्पष्ट देखिने खालका प्रिंटिङ प्र्रेस घोटाला, प्रधानमन्त्री निवास परिसरको दुर्नाम ललितानिवास प्रकरणमा नजीकका मन्त्रीको संलग्नताजस्ता आरोपणले उनको थोरै कामलाई ढाकिदिएको छ । जस्तै बल गरे पनि पित्कोजत्तिको असल काम देखिनेछैन । तुजुक हराएको यतिबेला जति अवसर छ, तुजुक छाडेर कोरोनाविरुद्ध युद्धमा इमानदारीपूर्वक लाग्नु नै श्रेयस्कर हुनेछ ।