प्रस, वीरगंज, ६ जेठ/
पर्साका ग्रामीण क्षेत्रमा सङ्क्रमण बढ्नुको प्रमुख कारण नारायणी अस्पतालका कुरुवाहरू भएको पाइएको छ ।

नारायणी अस्पतालको आकस्मिक कक्ष, अब्जर्भेसन, आइसोलेशन, आइसियूका साथै भेन्टिलेटरमा राखिएका सङ्क्रमितहरूको हेरचाहमा आफन्तहरू खट्ने गरेका कारण कोरोना सङ्क्रमण गाउँटोलमा सरेको अनुगमनबाट पुष्टि भएको छ ।

भर्खरै जिल्ला समन्वय समिति पर्साका सभापति नेकमहमद अन्सारीको संयोजकत्वमा गठित कोभिड एक्शन टीम (क्याट)ले नारायणी अस्पतालको अनुगमन गर्दा यस्तो दृश्य सार्वजनिक भएको हो ।

क्याटका सदस्य तबरेज अहमदले सङ्क्रमित भर्ना भएका सबै कक्षमा उनीहरूका कुरुवाले स्याहारसुसार गर्दै आएको बताए। उनले चिकित्सक, नर्स, अहेबबाट गरिने सेवाहरू पनि सङ्क्रमितका आफन्तजन, जो उनीहरूको हेरचाहमा खटेका छन्, हरूले गर्दै आएको बताए । सङ्क्रमितको हेरचाहमा खट्नेहरू आफनो गाउँटोलमा जाने र घरपरिवारसँगै समुदायमा सङ्क्रमण पैmलिरहेको उनले बताए । यसबारेमा अस्पताल प्रशासन र स्थानीय प्रशासनको आफूहरूले ध्यानाकर्षण गराएको उनको भनाइ छ ।

क्याटका अर्का सदस्य सञ्जीव मिश्रले पनि सङ्क्रमितहरू भर्ना रहेका सबै कक्षमा उनीहरूका आफन्तहरूबाटै सेवा दिने कार्य भइरहेको बताए । चिकित्सक, स्वास्थ्यकर्मीहरूबाट सेवाप्रवाहमा लापरवाही भएको भन्दै सङ्क्रमितका आफन्तहरू अस्पतालमा डटेर खटेका छन् । उनीहरू आफूलाई पनि सङ्क्रमण सर्न सक्ने र आफूबाट अन्यलाई सङ्क्रमण सर्ने कुरामा लापरवाह देखिएका छन । सङ्क्रमितको प्रत्यक्ष सम्पर्कमा रहेका कुरुवाहरू पालो फेर्दा, अस्पतालबाट घर जाँदा र समुदायमा रहँदा उनीहरूबाट सङ्क्रमण पैmलन सक्ने सम्भावना बढी हुने गरेको छ ।

यसबारे अस्पतालका कोभिड संयोजक डा सरोजरोशन दासले सङ्क्रमितका कुरुवाहरू अटेर र गैरजिम्मेवार भएको आरोप लगाए । उनले अस्पताल प्रशासनले यसबारे बारम्बार मनाही गर्दै आएको तर अटेर गरी बस्ने गरेको बताए । अस्पतालमा जनशक्ति अभाव रहेको कारण पनि उनीहरूको मनोबल बढेको र आफूहरूले केही भन्न सक्ने अवस्था नरहेको उनको भनाइ छ । अस्पतालको आइसोलेशन, आइसियू र भेन्टिलेटरमा एक/एक जना चिकित्सक, दुई/दुई जना स्वास्थ्यकर्मी र दुई/दुई जना सहयोगी गरी प्रत्येक कक्षमा पाँचजना राखिएको तर सङ्क्रमितको चाप अनुसार सो जनशक्ति पर्याप्त नभएको संयोजक डा दासले बताए ।

एकैपटक एउटा वार्डमा चारजना सङ्क्रमितको अक्सिजन सकिएको अवस्थामा दुईजना मात्र सहयोगी भएको र उनीहरूबाट दुईवटा सिलिन्डर मात्र ल्याउन सकिने भएकोले पनि त्यो अवस्था देखाएर कुरुवाहरू सङ्क्रमितसँग बस्ने गरेको बताए । अक्सिजन सिलिन्डरको अस्पतालमा अभाव छैन । तर ती सिलिन्डर तल राखिएको र सङ्क्रमितहरूलाई दुई र तीन तलामा राखिएका कारण त्यहाँसम्म सिलिन्डर ल्याउन र लैजानमा समस्या हुने गरेको छ ।

होम आइसोलेशनमा बसेकाबाट पनि सर्दै

पर्सा जिल्लामा होम आइसोलेशनमा बसेका सङ्क्रमितबाट पनि समुदायमा सङ्क्रमण सर्दैछ । सङ्क्रमणका शिकार भएकाहरूको नेगेटिभ रिपोर्ट आउनुपूर्व बजार क्षेत्रमा घुम्ने, तरकारी, किरानाका सामान खरीद गर्ने, औषधि खरीद गर्न आपैंm जाने जस्ता गतिविधि गरिरहेका पाइएको छ । अहिले जिल्लामा होम आइसोलेशनमा दुई हजारभन्दा माथि सङ्क्रमित छन् । उनीहरूको सही तथ्याङ्क कसैसँग छैन ।

स्वास्थ्य कार्यालय, जिल्ला प्रशासन, नारायणी अस्पताल, महानगरपालिका कसैसँग सङ्क्रमितको सही र यकीन तथ्याङ्क छैन । एउटाले जारी गरेको तथ्याङ्क अर्कोसँग मेल खाँदैन र एकले अर्कालाई तथ्याङ्क राख्ने जिम्मेवारी भएको आरोप लगाएर पन्छिने गर्दै आएका छन् ।

वीरगंज महानगरपालिकामा १६ जनाको युनिटले सङ्क्रमित भएपछि एकपटक सोधखोज गर्दै अवस्था बुझ्ने कार्य गर्छ । तर योबाहेक १३ वटा पालिकामा यस्तो संयन्त्रको निर्माण गरिएको छैन । आफ्नो पालिकामा भएका सङ्क्रमितमध्ये कति अस्पतालमा, कति होम आइसोलेशनमा छन् भन्ने कसैले तथ्याङ्क राखेका छैनन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here