प्रस, वीरगंज, १ जेठ/
प्रदेश २ को सुदूरपश्चिमी जिल्ला पर्साको सदरमुकाम मुलुककै प्रमुख आर्थिक नगरी र प्रवेशद्वार हो । अहिले यो जिल्ला कोरोना महामारीको दोस्रो लहरबाट नराम्ररी जुझिरहेको छ । दैनिक १०/१२ जनाको विभिन्न अस्पतालमा मृत्यु भइरहेको छ ।

वीरगंज-पथलैया औद्योगिक करिडरमा चारवटा अक्सिजन उद्योग सञ्चालनमा छन् तर अहिले सङ्क्रमित बढेसँगै पर्सा-बारा जिल्लाकै लागि अक्सिजन अपुग भएको छ । एक सातादेखि प्रदेश २ को अस्थायी सदरमुकाम जनकपुरधाममा पनि अक्सिजनको अभाव सृजना भएपछि सङ्क्रमित तथा अन्य बिरामीको उपचारमा समस्या भइरहेको छ ।

यही मौकामा धनुषाका व्यवसायीहरूले जनकपुरमा अक्सिजन प्लान्ट स्थापनामा जोड दिएका छन् । ६ महीना अघिदेखि प्लान्ट लगाउने योजना बनाएका जनकपुरका व्यवसायी सुनीलकुमार साह एक साता यतादेखि प्लान्ट सञ्चालनमा गम्भीर बनेका छन् । रौतहटदेखि सप्तरीसम्म ६ जिल्लाको बीचमा ढल्केबरमा मात्र एउटा अक्सिजन प्लान्ट छ । ढल्केबर ग्याँस उद्योग प्रालि । त्यो पनि कहिलेकाहीं बिग्रँदा प्रदेशको अस्थायी राजधानी जनकपुर, सिरहा, सप्तरी, महोत्तरीलगायत जिल्लामा अक्सिजनको अभाव हुँदै आएको थियोे । वीरगंजबाट जनकपुर आपूर्ति हुने अक्सिजन अहिले पर्सा, बाराका प्रशासनले होल्ड गरी वीरगंजमा प्राथमकितामा राखेपछि जनकपुरका अस्प्तालमामा उपचार सेवा प्रभावित भएको जनकपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष जितेन्द्र महासेठ बताउँछन् । उनका अनुसार पछिल्लो अवस्थालाई मध्यनजर गर्दै जनकपुरका व्यवसायी सुनीलले तीव्र गतिमा प्लान्ट सञ्चालनको काम गरिरहेका छन् ।

जनकपुरको अवस्था निकै भयावह बन्दै गइरहेको महासेठको भनाइ छ । उनले प्लान्ट स्थापनामा नेपाल विद्युत् प्राधिकरण, स्थानीय प्रहरी प्रशासनसँग सहजीकरण गरेको र अबको एक सातामा दैनिक ४० लिटरको ३ सय सिलिन्डर उत्पादन गर्ने गरी उद्योग सञ्चालनमा आउने बताए ।

गत वर्ष अक्सिजनको अभाव भएपछि भारतबाट उनले सो प्लान्टका सामान आयात गरेका थिए । त्यसपछि अवस्था सामान्य बनेपछि निर्माण कार्य रोकिएको थियो ।
हाल इटहरी र वीरगंजबाट अक्सिजन आइरहेकोमा केही दिनदेखि सम्बन्धित जिल्लाका प्रशासनले अक्सिजन सप्लाइ रोकेको उनले बताए । ढल्केबरपछि सुनसरीमा तीनवटा अक्सिजन प्लान्ट उद्योग सञ्चालनमा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here