अहिले कोरोनाको दोस्रो लहरले मुलुकलाई गा“जेको छ । कोरोना भाइरसबाट सङ्क्रमित भई मानिस धमाधम अस्पताल भर्ना भइरहेका छन्, सङ्क्रमितको मृत्यु सङ्ख्या पनि बढी नै भन्नुपर्छ । यसको सरल उपाय सरकारको दृष्टिमा लकडाउन होइन, निषेधाज्ञा बनेको छ । निषेधाज्ञा भनेको अति आवश्यक कामबाहेक मानिस घर बाहिर ननिस्कून् भन्ने हो । तर के यस्तो भइरहेको छ ? कसको काम आवश्यक कसरी खुट्याउने ? जो गरिखाने वर्ग छ, उसमाथि सबैको कडा नजर छ । जो ऐशका लागि धन कमाउन चाहन्छ, उसले आफ्ना कर्मचारीलाई लुकीछिपी, प्रहरीको आ“खा छली काममा बोलाएकै छ, दलाएकै छ । अस्पतालमा भर्ना व्यक्तिलाई खाना पुर्‍याउने मानिसमाथि प्रहरीको लाठी–प्रहार जारी छ । यो भेदभावपूर्ण व्यवहार हो । यसले सरकारको छवि धूमिल बनाउ“छ र प्रशासनमाथि क्रूरताको दोष आरोपित हुन्छ । जहा“ शब्दले काम गर्दैन, त्यहा“ मात्र बल प्रयोग उपयुक्त मानिन्छ । सरकार नै भन्दछ अति आवश्यक कामका लागि बाहिर निस्कन सकिन्छ, तर सरकारकै कर्मचारी कुनै सोधपूछ नगरी जनतालाई शासना दिन्छ ।

यसो त भनिन्छ बिन भय प्रीति न होइ गुसाइ“ । भयविना मानिसले टेर्दैन । तर भय बोलीको हुनुपर्छ, भय विधिको हुनुपर्छ । भय सरकारको आदेश पालनाको हुनुपर्छ । सरकारको आदेशको पालना मानिसमा सरकारप्रति विश्वास भएपछि हुन्छ । प्रशासनप्रति आदर भए हुन्छ । लाठी प्रहारबाट नै सबै काम सम्भव हुने भए कुनै पनि मुलुकमा कुनै पनि किसिमको आन्दोलन हुने नै थिएन । तर मानिस त बन्दूकको गोलीबाट पनि डराउ“दैन । आजसम्म विश्वमा हजारौं होइन, लाखौं मानिस प्रहरी र सैनिकको गोलीबाट मारिएका छन्, खोइ आन्दोलन बन्द भएको ? प्रहरीले कडा शब्दमा तर्साउनेगरी, पूर्ण सोधपूछ गरेर, अनाहक घुमफिरको लागि बाहिर निस्कने मानिसलाई सचेत गराउने हो भने किन कोही बाहिर निस्कन्छ ? हो भोकभोकै बस्नुपर्‍यो, गार्‍हो–सार्‍हो आइपर्‍यो भने लाठोको पनि वास्ता नगरी मानिस बाहिर निस्कन्छ नै १ प्रहरी र प्रशासनलाई कसैको टाउकोमा टुटुल्का उठेको देख्ने रहर छ, आलो रगतको गन्ध मन परेको छ, डडाल्नु भस्काएर आनन्दित हुने परपीडक स्वभाव छ भने भन्नु केही छैन । निषेधाज्ञा कोरोनाको उपचार होइन । यो कुरा त सरकारकै मानिसहरू फलाकिरहेका छन् ।

प्रहरीमा विशेष क्ष्मँता हुन्छ । उसले को दोषी, को निर्दोषी सजीलै ठम्याउन सक्छ । हो परपीडक मनोविज्ञानबाट ग्रस्त छ भने दोषी–निर्दोषी जो पनि उसको निशाना बन्छ । यद्यपि प्रहरी विभागले प्रहरीको जनमैत्री छवि बनाउन धेरै अभियानहरू चलायो । ॅप्रहरी मेरो साथी’, ॅमुस्कान प्रहरी’, ॅप्रहरी–जनता साझेदारी’ आदिआदि । तर प्रहरीको छवि आज पनि समाजमा दब· नै छ । सबै दोष प्रहरीकै हो भन्ने पनि छैन । नेपाली जनताले पनि प्रहरीलाई आफ्नो सहयोगीको रूपमा ग्रहण गर्न सकेको छैन । शायद यही कारण होला मौका परे जनताले प्रहरीलाई जिस्काउने र त्यसैगरी ताक पारेर प्रहरी पनि जनतालाई ठटाउने गर्छ । यहा“ समन्वयको अभाव देखिन्छ । प्रशासनले पनि प्रहरीलाई कडारूपमा प्रस्तुत हुन आदेश दिन्छ । कडाको सोझो अर्थ प्रहार १ कि सरकारले अति आवश्यक कामले पनि बाहिर निस्कन नपाउनेगरी कर्फ्यु नै जारी गरोस्, अन्यथा जनतामाथि लाठी प्रहार गर्ने आदिम हैकमवादी नियतमा सुधार होस् !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here