मुकुन्द आचार्य

वीरगंज वीरहरूको नगरी हो किनभने यसको नामको ‘वीर’ वीर शमशेरको नामकै मूल अंश हो। यसको न्वारन कसले, कहाँ, कसरी गरायो, त्यसको वीरता कुन विषयमा थियो, ती सब कुरा तपसीलका हुन्। हालसाल तिनलाई खोतलखातल पार्न जरुरी देखिन्न। त्यसो त अहिले सबै आफूलाई वीर (हीरो) नै ठान्छन्।
वर्तमानमा चहार्दा यो वीरगंज नगरी पहिलेको दाँजोमा निकै तन्किएको छ। पूर्व, पश्चिम, उत्तर, दक्षिण चारै दिशामा यसको तन्काइ निकै बढेको छ। चुइङ्गम भएको छ।
यसको आकार, प्रकारलाई उपध्रोसँग तन्काउने श्रेय यसको नगरीकरण–शहरीकरण गर्ने सोचलाई जान्छ। सबै दिशाबाट यहाँ आएर वीर भएर वीरतापूर्वक बस्ने सबै वीरबहादुर प्रशंसनीय छन्, वन्दनीय छन्। उनीहरू आआफ्नो जीवनचक्रमा खुङ्खार अपराधी हुन सक्लान्स तर त्यो खोतलखातल गर्ने काम हामी नगरौं। त्यो हाम्रो काम हैन।
अब कुरोको चुरोतिर लागौं। वीरगंज नगरपालिकाले उपध्रो उन्नति गरेको छ, यसमा रौं बराबर शङ्का गर्ने ठाम छैन। ठाउँ–ठाउँमा कालाचिल्ला सडकहरू दक्षिण भारतीयको अनुहारजस्तै टिलिक्क टल्केका छन्। अस्पताल, रोगी, विद्यालय, महाविद्यालय, होटेल, वाणिज्य–व्यवसाय, प्रहरी प्रशासन, अपराधी, तस्करी, नयाँ–नयाँ खाले अपराध, जस्तैः एकोहोरो प्रेमी दिवानाले केटीको अनुहारमा तेजाब खन्याइदिनु, केटीको अपहरण, हत्या र त्यसपछि डढाएर प्रमाण नष्ट पार्ने जस्ता साहसिक र वीरतापूर्ण कार्यहरू बेपत्तासँग बढेका छन्। वीरगंज त्यत्तिकै वीर भॉछैन।
यहाँ नयाँ–नयाँ धनीहरूको सङ्ख्या ह्वात्तै बढेको छ। सबै धनीमानी, जान्ने, बाठा, स्मार्ट, सुविधासम्पन्न, सोर्सफोर्स भएका छन् तर इमानदार, सज्जन, सक्कली नेता, कर्मठ कर्मचारी चै कता हराए कता। अपराधीहरू नेता बनेका छन्, नेताहरू लाइसेन्सप्राप्त अपराधी बनेका छन्। जतासुकै जानुस् मान्छेको हुल त देखा पर्छ तर सच्चा मानवता भएको यौटा पनि कोही झट्ट फेला पर्दैन।
अँ…१ त्रिमूर्तिचोकबाट उत्तरतिर लाग्दा पश्चिमपट्टिको सडकमा यस्तै चिल्लो सडकमा यौटा घरेलु बिरालोको लाश चार/पाँच दिनसम्म लावारिस अवस्थामा, ङिच्च हाँसेर वीमनपाको सरसफाइ विभागको बाटो हेरेर पर्खिबसेको बीभत्स दृश्य स्थानीय धेरैले देखे। एकातिर श्रद्धाको केन्द्र पीपल वृक्ष पर घृणास्पद मृत बिरालो १
प्रायः सधैंं सरसफाइ कर्मचारीका डफ्फा ठाउँ–ठाउँमा देखिन्छन्। तर मूल सडकमा मरेको बिरालो हाँसिरहेको अवस्थाले वीमनपाको ध्यानाकर्षण कसरी गरेन। दृश्य उदेकलाग्दो मात्र हैन, धेरै प्रश्नको जन्मदाता पनि थियो।
सफाइ कर्मचारीले सोचे होलान्, जसको बिरालो हो, उसैले फोहर बटुल्ने वाहनमा हालोस्–फालोस्। बिरालोका धनीले सोचे मरेको बिरालो सुटुक्क सडकमा फालिदिऊँ वीमनपाको सफाइ समूहले लगिहाल्छ नि। बाटो हिंड्नेले सोचे, आ… यो मरेको बिरालोलाई कसले छोओस्। कोरोनाले पो मरेको हो कि ? बेफ्वाँकमा रिस्क किन लिनु १ बिरालोको मरण रहस्यमय बन्दै थियो।
वीमनपाले जनभावनालाई थामथुम पार्न सूचना निकाल्योः हाम्रा नगरवासीमा सरसफाइप्रति कतिको चेतना छ, त्यो बुझ्नलाई हामीले जानाजान मरेको बिरालो केही दिनका लागि त्यत्तिकै छाडिदिएका हौं। तर दुर्भाग्य के छ भने कुनै पनि नगरवासीले एक कल गरेर आफ्नो चेतनाको परिचय दिएन। तर हामी सचेत छौं। डराउनुपर्दैन, त्यो बिरालो कोरोनाले मरेको हैन। चाँडै त्यसलाई फाल्ने व्यवस्था मिलाइनेछ। बिरालोको आत्मालाई गहवामाईले शान्ति प्रदान गरून्।
‘पशुपक्षीप्रति अत्याचार नगरौं १’ भन्ने एक संस्थाले यस्तो सूचना निकाल्यो– बिरालोको लाश वीमनपाले अझै पाँच दिन ठेकान लगाएन भने हामी सडक आन्दोलन गर्न बाध्य हुनेछौं। वडाध्यक्षले सूचना प्रकाशित गरे– त्यो बिरालोको लाश हाम्रो वडाको सिमानाभन्दा एक हात पर भएकोले अर्को वडाको कार्यक्ष्Fेत्र र अधिकार क्षेत्रमा हस्तक्षेप गर्न चाहन्नौं।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here