वन डढेलो, चोरी, शिकारी नियन्त्रण सञ्जाल गठन

प्रस, निजगढ, २७ फागुुन/
निजगढमा वन डढेलो, चोरी, शिकारी नियन्त्रणका लागि मङ्गलवार १३ सदस्यीय सञ्जाल गठन भएकोे छ । जनज्योति सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष खड्गबहादुुर मोक्तानको संयोजकत्वमा गठित सो सञ्जालका सदस्यहरूमा नेत्रकुुमारी थापा, दीपककुुमार श्रेष्ठ, लीला राउत, शेखर लोप्चन, रमा न्यौपाने, रामबहादुुर थापा, राजनप्रसाद तिमल्सिना, वडाध्यक्ष मङ्गल लोप्चन, विपद् व्यवस्थापन सुुरक्षा बेस निजगढका सशस्त्र प्रहरी नायब उपरीक्षक विजय हमाल, इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक सुमित कुुशवाहा, रेन्जर नीरज पोखरेल, पत्रकार जीतलाल श्रेष्ठ छन् ।

वन समूहका पदाधिकारी, उपभोक्ता, जनप्रतिनिधि, स्थानीय सुुरक्षा निकाय, पत्रकार, वन सुुरक्षाकर्मीलगायत समेटी संयुुक्तरूपमा सञ्जाल गठन गर्दा कानूनविपरीत हुुने अवैध गतिविधिहरूलाई अविलम्ब रोक्न, न्यूनीकरण गर्न बेलैमा सूचना प्राप्त हुने र वन डढेलो, चोरी, शिकारी नियन्त्रणमा सघाउ पुग्ने निजगढ सबडिभिजन वन कार्यालय, भमराका रेन्जर नीरज पोखरेलले बताए ।

उनले चैत, वैशाख र जेठ तीन महीना सुक्खायाम रहने भएकोले यो समयमा वनजङ्गलमा डढेलो लाग्न सक्ने भएकोले मानवबस्ती जोखिममा पर्न सक्ने, वनजङ्गलका अमूल्य वन पैदावर हानिनोक्सानी हुने, वन्यजन्तु, चराचुरुङ्गी, अन्य प्राणी जल्न सक्ने, चोरीशिकारी हुन सक्ने अधिक सम्भावना भएकोले यस्ता कानूनविपरीत हुुने अवैध गतिविधिहरूलाई रोक्न, न्यूनीकरण गर्नका लागि वन डढेलो, चोरी, शिकारी नियन्त्रण सञ्जाल गठन गर्नुपरेको डिभिजन वन कार्यालय, बाराका प्रमुख राजीवकुुमार झाले बताए ।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्