प्रस, निजगढ, २६ फागुुन/
अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा भारतको ग्रेटर नोएडामा फागुन २४ गते शनिवार आयोजित राष्ट्रशक्ति शिखर सम्मेलनमा नेपालकी गायिका मिलन नेवार स्वर कोकिला स्व लता मङ्गेशकर सम्मान–२०२५ बाट सम्मानित भएकी छन् ।
गीत, सङ्गीत क्षेत्रमा गायिका नेवारले पुु¥याउँदै आएको योगदानका लागि सो सम्मान गरिएको आयोजक संस्थाले जनाएको छ । सम्पर्क क्रान्ति परिवारद्वारा आयोजित कार्यक्रममा विभिन्न क्षेत्र, विद्याका महिलाहरूलाई राष्ट्रशक्ति शिरोमणि सम्मान, राष्ट्र यशस्विनी सम्मानलगायतबाट सम्मानित गरिएको थियो । कार्यक्रममा महिला सशक्तीकरण, शिक्षा, स्वास्थ्य, सुुरक्षा र स्वावलम्बन जस्ता विषयमा गहन, सार्थक छलफल भएको सम्मानित व्यक्तित्व गायिका नेवारले बताइन् ।
स्वर कोकिला स्व लता मङ्गेशकर सम्मान–२०२५ द्वारा सम्मानित हुन पाउँदाको क्षण आफू निकै भावुक अनि सपना जस्तै लागेको गायिका नेवारले बताइन् । उनले गीत, सङ्गीत, कला, संस्कृति अनि सम्पूर्ण नेपालीको प्रतिनिधित्व गरेको अनुभव आफूलाई भएको प्रतीक संवाददाता जीतलाल श्रेष्ठलाई प्रतिक्रिया दिइन् ।
आफू सम्मानित हँुदै गर्दा सानै उमेरदेखि गीत, सङ्गीत, गायन क्षेत्रमा भारतदेखि नेपालसम्मको विगत र हालसम्मका निरन्तर सङ्घर्षका दृश्य अनि तस्वीरहरू आँखावरिपरि झलझली घुमिरहेको उनले बताइन् । उनले गीत, सङ्गीत, गायन कलामा लाग्नेलाई भगवान् सरस्वतीस्वरूप स्व मङ्गेशकरको नाम जोडेर पाउने सम्मान निकै ओझिलो, गर्विलो र गौरव महसूस भएको बताइन् । नेवारी पहिरनमा सम्मानका लागि उपस्थित भएकी गायिका नेवारले नेवारी भेषभूषा, कला, संस्कृति, विभिन्न परिकारमा आफ्नो निकै रुचि रहेको बताएकी छन् । सम्मानले नेपाली महिलाहरूलाई अन्तर्राष्ट्रिय मञ्चमा पहिचान दिलाउने काम भएको बताउँदै खुशी व्यक्त गरिन् । उनले जुनसुकै विद्यामा समर्पित भएर निरन्तरताबाट नै सफलता हासिल हुने बताइन् ।
कार्यक्रममा भारतका विभिन्न राज्यबाट सहभागी प्रतिभाशाली महिलाहरूले आआफ्ना अनुभवसँगै सफलताका कथाहरू साझा गरेको उनले बताइन् । नेपाली भाषासँगै गायिका नेवारले विभिन्न १० भन्दा बढी भाषामा सयौं गीत गाएकी छन् र दर्जनौं साङ्गीतिक अवार्ड पाइसकेकी छन् ।