प्रस, सिम्रौनगढ, २६ फागुन/
सिम्रौनगढ नगरपालिकामा सोमवार होली मिलन समारोह आयोजित गरिएको छ ।
नगरप्रमुख किशोरीप्रसाद कलवारको अध्यक्षता तथा जिल्ला समन्वय समिति, बाराका अध्यक्ष नरेन्द्र साहको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नेकपा एमालेका परमानन्द मुखिया, माओवादी केन्द्रका भोजेन्द्रप्रसाद यादव, नेकपा एसका बतहु यादवलगायतले शुभकामना व्यक्त गरेका थिए ।
सिम्रौनगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिओमप्रसाद जयसवालले स्वागत गरेको कार्यक्रमको सहजीकरण स्वास्थ्य संयोजक विजयशङ्कर ठाकुरले गरेका थिए ।