सङ्कल्प दिवसमा सामूहिक भोजन

प्रस, वीरगंज, ३० माघ/
वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल, पर्साले सङ्कल्प दिवसको अवसरमा बुधवार पर्सागढी नगरपालिकामा सामूहिक भोजन कार्यक्रम गरेको छ ।

पार्टीका जिल्ला अध्यक्ष धनबहादुर श्रेष्ठले विभिन्न जात, धर्म, लिङ्गसँग एकसाथ बसेर सामूहिक भोजन गरिएको बताए । उनले पर्सागढी नगरपालिका–५ जिङ्गना टोलमा ११५ जना महिला, दलित, माझी, पासवान र रायभरहरूसँग बसेर आज भोजन गरेको बताए ।

उनले यही माघ १ देखि फागुन १ गतेसम्म सङ्कल्प दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै आएको बताए । उनले फागुन १ गते बिहीवार सङ्कल्प दिवस रहेको र पार्टीसँग आबद्ध सबै नेता, कार्यकर्ताले आआप्mनो घरमा आफन्तहरूसँग बसेर दिवस मनाउने बताए । उनले दिवसको अवसरमा घरमा भोजन गर्ने र परिवारका पाहुनाहरूलाई गच्छे अनुसार लुगाफाटाहरू उपलब्ध गराउने गरी कार्यक्रम आयोजना हुने बताए ।