प्रस, सिम्रौनगढ, ३० माघ/
सिम्रौनगढ नगरपालिकाको उपप्रमुख नजमु शेहरले बुधवार नगरपालिका कार्यालयमा तालाबन्दी गरेकी छन् । उनले नगरसभा सम्पन्न गर्दा भएको सहमतिविपरीत नगरप्रमुखले आप्mनो भागमा परेका विकास निर्माण कार्यहरूको कार्यादेश दिन प्रमुख प्रशासकीय अधिकृतलाई रोक लगाएको कारण तालाबन्दी गर्नुपरेको बताइन् ।
उनले नगरपालिकामा करारमा भर्ना भएका केही कर्मचारीहरूलाई नगरप्रमुख किशोरीप्रसाद कलवार र प्रमुख प्रशासकीय अधिकृत हरिओम जयसवालले आफूखुशी तलब वितरण गरेको आरोप लगाइन् ।
उनले नगरप्रमुख पक्षीय करारका कर्मचारीहरूलाई मात्र तलब वितरण गरिएको र अन्यलाई वितरण नगरिएकामा नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृतसँग बुझ्दा एकले अर्काको टाँसो लगाएर उम्कन खोजेको बताइन् ।
नगरसभा गर्दा भएको सहमति र सो सहमतिको बर्खिलाप नगरप्रमुखले काम गरेको भन्दै उनले समस्याको निकासको लागि तालाबन्दी गर्नुपरेको बताइन् । नगरप्रमुख कलवारले भने आफू वार्ताको माध्यमबाट समस्याको समाधान गर्न तयार रहेको तर त्यसका लागि नगरपालिकामा लगाइएको ताला खोल्नुपर्ने माग गरे । उनले तालाबन्दी हुँदा कर्मचारीहरूले काम गर्न नपाएर बाहिर बरालिनुपरेको बताए ।
सिम्रौनगढ नपामा लामो समयदेखि नगरप्रमुख र उपप्रमुखबीच विवाद हुँदै आएको छ । विवादकै कारण डेढ वर्षसम्म त्यहाँ तनावकै स्थिति थियो । शिक्ष्Fक, कर्मचारीहरूले तलब पाएका थिएनन् । स्थानीय प्रशासनको अगुवाइमा जनप्रतिनिधिहरूबीच समझदारी बनेको थियो र नगरसभा भएर भर्खरै त्यहाँको तनाव कम भएको थियो । अहिले फेरि पुरानै पारामा विवाद शुरू भएको छ ।