विपद्मा सहयोग गर्ने सङ्घ, व्यक्ति र कर्मचारी सम्मानित

नरेश यादव, पर्सागढी, २९ माघ/

जिल्ला विपद् व्यवस्थापन समिति, पर्साले मङ्गलवार विपद्मा सहयोग गर्ने संस्था, व्यक्ति, कर्मचारीहरूलाई सम्मान गरेको छ। 

समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा यस वर्ष शीतलहरबाट प्रभावित गरीब, विपन्न परिवारलाई न्यानो कपडालगायतका राहत सामग्री उपलब्ध गराई वितरण कार्यमा योगदान पु–याएका सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल, रूँगटा वेलफेयर सोसाइटी, नेपाल रेडक्रस सोसाइटी, वीरगंज उद्योग वाणिज्य सङ्घ, रोटरी क्लब, नेपाल युवा उद्यमी मञ्च, ग्रीन सिटी, लायन्स क्लब र नेपाल पत्रकार महासङ्घलाई कदरपत्र प्रदान गरेका थिए। 

यस वर्षको शीतलहरमा डिभिजन वन कार्यालय, पर्साबाट तीन चट्टा दाउरा खरीद गरी सशस्त्र प्रहरीमार्फत दुई चट्टा र समितिमार्फत एक चट्टा जिल्लाका विभिन्न स्थानमा वितरण गरिएको प्रजिअ अर्यालले जानकारी गराए।