पृथक इतिहास बनाउँदै आजको दिन

• सञ्जय साह मित्र हाम्रो समाजको विशिष्टता यो रहेको छ कि कुनै पनि कुरामा सर्वमान्य हुन सक्दैनौं । सर्वमान्य निर्णय पनि कतिपय अवस्थामा प्रायोजित जस्तो लाग्न थाल्छ । निर्णयको खुल्ला प्रक्रिया अपनाउन हामी तयार छैनौं । कुनै पनि विषयमा छलफल होइन बहस गर्न तयार हुन्छौं । बहस पनि जहाँबाट मन लाग्यो, त्यहींबाट र जस्तो मन […]

छोरीलाई शिक्षा दिएर बालविवाह रोकथान गर्न सकिन्छः मुख्यमन्त्री सिंह

जनकपुर, ३० माघ/रासस मधेस प्रदशका मुख्यमन्त्री सतीशकुमार सिंहले गरीबीको रेखामुनि रहेका बहुसङ्ख्यक जनतामा छोरीको विवाह गरेर बोझ हटाउने मानसिकताका कारण बालविवाहले प्रश्रय पाइरहेको बताएका छन् । बुधवार जनकपुरधामस्थित मुख्यमन्त्री निवास पुगेका बालविवाहमुक्त नेपालका लागि काम गरिररहेका ‘जस्ट राइट्स फर चिल्ड्रेन इन नेपाल’, बेस नेपालका प्रतिनिधि र बालबालिकासँग मुख्यमन्त्री सिंहले शिक्षामा पहुँच र शिक्षा प्राप्तिबाट बालविवाह […]

मन्त्रालयले फागुनभरि नसर्ने रोगसम्बन्धी निश्शुल्क परीक्षण दिंदै

काठमाडौं, ३० माघ/रासस स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नसर्ने रोग पहिचान गरी नागरिकमा सचेतना अभिवृद्धि गर्ने उद्देश्यले आगामी फागुनभरि नसर्ने रोगसम्बन्धी निश्शुल्क परीक्षण गर्ने भएको छ । मन्त्रालयले फागुन १ गतेदेखि एक महीने निश्शुल्क परीक्षण अभियान सञ्चालन गरी नसर्ने रोगको समयमा उपचार गर्नुपर्नेसम्बन्धी सचेतना अभिवृद्धि गर्ने जनाएको हो । अभियानका क्रममा ३० वर्षमाथिका सबै नागरिकलाई स्थानीय […]

‘महाकुम्भबाट नेपाल पनि लाभान्वित हुन सक्छ’

कमलकुमार बस्नेत प्रयागराज (भारत), ३० माघ/रासस यमुना र गङ्गा नदी मिसिएको दोभानमा स्नान गर्न पाउँदाको खुशी भक्तजनको मुहारमा प्रस्ट देखिन्छ । टाढाटाढाबाट आएका उनीहरूको शरीर थकित भएपनि यहाँ आइपुग्दाको खुशी उनीहरूको मुहारमा झल्किन्थ्यो । १४४ वर्षपछि भएको महाकुम्भमा पुण्य प्राप्त गर्न आएका लाखौं भक्त नदीको एक किनारमा बनाइएका स्नानस्थलमा भगवान्को नाम जप्दै डुबुल्की मारिरहेका भेटिन्छन् […]

महिला क्रिकेट अन्तर्गत बैतडी फाइनलमा प्रवेश

बैतडी, ३० माघ/रासस १०औं राष्ट्रिय खेलकूद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटको सुदूरपश्चिम छनोटमा बैतडी फाइनलमा प्रवेश गरेको छ । बुधवार सम्पन्न खेलमा कैलालीलाई ३१ रनले हराउँदै बैतडी उपाधिनजीक पुगेको हो । जीतका लागि पाएको ८५ रनको लक्ष्य पछ्याएको कैलाली १३ ओभरमा ५३ रन बनाउँदै बाहिरियो । जसमा हिसिला खड्काले ११ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा […]

नेपाली टोलीकी कप्तान काठमाडौंमा

काठमाडौं, ३० माघ/रासस चार देश सम्मिलित अन्तर्राष्ट्रिय महिला फूटबल प्रतियोगितामा सहभागिता जनाउन नेपाली राष्ट्रिय महिला फूटबल टोलीकी कप्तान एन्जिला तुम्बापो सुब्बा बुधवार स्वदेश फर्किएकी छन् । आगामी फागुन ५ देखि १४ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगिताको लागि व्यावसायिक फूटबल खेल्न ग्रीस पुगेकी तुम्बापो आज काठमाडौं आइपुगेकी हुन् । ग्रीसको शीर्ष श्रेणीको क्लब निस अट्रोमिटौबाट उनी […]

जापानद्वारा अमेरिकासँग ट्रम्पको स्टील शुल्कमा छुट माग

टोकियो, ३० माघ/एएफपी जापानले बुधवार अमेरिकासँग स्टील र एल्युमिनियम निर्यातमा राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएको शुल्कबाट छुट पाउन अनुरोध गरेको टोकियोका शीर्ष सरकारी प्रवक्ताले बताएका छन् । ट्रम्पले मार्च १२ देखि स्टील र एल्युमिनियम आयातमा २५ प्रतिशत शुल्क लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । यसले क्यानडा, मेक्सिको र युरोपेली सङ्घ (इयू)लगायत अन्तर्राष्ट्रियस्तरमा आक्रोशपूर्ण प्रतिक्रिया निम्त्याएको […]

नेप्से परिसूचकमा झिनो अङ्कको सुधार

काठमाडौं, ३० माघ/रासस नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । बुधवार नेप्से परिसूचक एक दशमलव ८६ अङ्कले बढेर दुई हजार ६८५ दशमलव ७३ को बिन्दुमा कायम भएको हो । आज ३०७ कम्पनीका एक करोड ५५ लाख २० हजार ५५९ कित्ता शेयर ८२ हजार ८५० पटक खरीद–बिक्री हुँदा रु आठ अर्ब ७१ […]

अँगालो दिवसमा शुभकामना दिने विशेष तरीकाहरू

अँगालो दिवस (हग डे) मनाउनुको कारण प्रेम र हेरचाहको भावना व्यक्त गर्नु हो । अँगालो लगाउँदा शारीरिक निकटता र स्नेह मात्र देखाउँदैन, यसले मानसिक र भावनात्मक स्तरमा पनि धेरै महŒवपूर्ण सहयोग पु¥याउँछ । अँगालो हाल्दा शरीरमा अक्सिटोसिन (प्रेम हर्माेन) निस्कन्छ, जसले तनाव कम गर्छ र तपाईंलाई खुशी महसूस गराउँछ । यसबाहेक आफ्नो पार्टनरलाई अँगालो हाल्दा […]

बढी गुलियो खाने बानी छ ?

यदि तपाईंलाई बारम्बार गुलियो खान मन लाग्छ भने यो केवल खाने बानी हो भनेर बेवास्ता नगर्नुहोस् । नयाँ अनुसन्धानले धेरै गुलियो खाने इच्छा मानसिक स्वास्थ्य विशेषगरी डिप्रेसन र चिन्तासँग सम्बन्धित हुन सक्ने खुलासा गरेको छ । जर्मनीको युनिभर्सिटी हस्पिटल, बोन युनिभर्सिटी अफ बोन र युनिभर्सिटी हस्पिटल टुबिङ्गेनका अनुसन्धानकर्ताहरूले डिप्रेसनका बिरामीहरूलाई कम भोक लाग्ने तर कार्बाेहाइड्रेट […]

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्