यस वर्षको गोतामे स्वर्ण पदक बडुलाई दिने निर्णय

प्रस, वीरगंज, २९ माघ/

यस वर्षको गोतामे स्वर्ण पदक पुरस्कार सुदूरपश्चिम प्रदेशको दार्चुला जिल्ला, महाकाली नगरपालिका–४ खलङ्गाबाट पत्रकारिता गर्दै आएका मनोरथ (मनोज)प्रसाद बडुलाई दिने निर्णय भएको छ। 

पत्रकार गोपालचन्द्र गौतम प्रतिष्ठान वीरगंजको बैठकले आगामी फागुन २ गते पत्रकार गोपालचन्द्र गौतमको स्मृतिमा उक्त पुरस्कार बडुलाई प्रदान गर्ने निर्णय गरेको प्रतिष्ठानका सचिव हिमालचन्द्र गौतमले बताए। 

स्थानीय विभिन्न पत्रिकामा आबद्ध बडु कान्तिपुर दैनिकका दार्चुलास्थित संवाददाता हुन्। विगत १४ वर्षदेखि उनले दार्चुलाबाट पत्रकारिता गर्दै आएका छन्। ३५ वर्षीय बडुलाई आगामी फागुन २ गते वीरगंजमा कार्यक्रमको आयोजना एक तोला सुनको तक्मा प्रतिष्ठानले प्रदान गर्ने सचिव गौतमले बताए। 

पत्रकार गोपालचन्द्र गौतमको स्मृतिमा स्थापित यो पुरस्कार १० हजारबाट शुरू भएको र अहिले एक तोला सुनमा परिणत भएको 

सचिव गौतमले जानकारी गराएका छन्।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्